गायक खेम रिजाल दोस्रो एल्बम लिएर आउँदै


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर १६, २०७४

  • गायक खेम रिजाल दोस्रो एल्बम रिया रिदम लिएर आउँदैछन् । उनले आफ्ना छोराछोरीको नाममा एल्बमको शिर्षक जुराएका हुन् । यो एल्बममा आधुनिक, गजल, लोक, सेन्टिमेन्टल गरी सबै खालका ११ वटा गीतहरु समाबेश छन् । ‘सबै खालका श्रोताहरुलाई हुने खालका गीतहरु छन् ।’ रिजालले भने, ‘५ वटा गीतमा आफ्नै संगीत छ ।’
    राज सागर, निरज लामा, बाबु बोगटी र लक्ष्मण दियालीको संगीत छ । गायक कर्ण दास, मेलिना राई, किशोर शिवाकोटी, मनोजराज शिवाकोटी, रमेश कडेल, आनन्द कार्की, राज सागर, किरण गजमेर, रामकृष्ण ढकाल, बाबु बोगटी, जगदिश समाल, र एउटामा स्वयं रिजालकै भोकल छ ।
    यसअघि रिजालको सांगितिक कोशेली पहिलो भेट बजारमा आईसकेको छ । त्यस एल्बमको जे–जे हुनु भैगो अब, कुरा नचलाउ न, गुराँस फूल्यो पाखैमा झम्के फुली नाकैमा गीत चर्चित छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार