गिनिज वल्र्ड रेकर्ड बनाउने प्रयासमा खोटाङका राई


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १५, २०७८

  • काठमाडौं, १५ पुस । खोटाङका किङकङ राईद्वारा ‘द मस्ट टेनिस वल टचेस युजिङ द ह्यान्ड इन वान मिनेट’ टाइटलमा गिनिज वल्र्ड रेकर्ड बनाउन प्रयास गरेका छन् । नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय महासचिव हरी रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो । रेग्मीले फोटो र भिडियोका माध्यमले यस्ता अनौठा कामलाई प्रोत्साहन गर्न महासंघ सधैं अग्रसर रहने बताएका छन् ।

    कार्यक्रममा महिला मानव अधिकारकर्मी नजबुल खान, आजको प्रेसका संचालक संचारकर्मी रोहितनाथ भण्डारी, पुर्व प्रहरी निरिक्षक प्रसाद कुमार कार्की, रेफ्रि तथा गिनिज वल्र्ड रेकर्ड होल्डर रक्षकुमार राई लगायत मिडियाकर्मी, समाजसेवीको उपस्थिति रहेको थियो।

    कीर्तिमानी युवा संघ नेपालका अध्यक्ष तथा गिनिज वल्र्ड रेकर्ड होल्डर चित्रकुमार कार्कीको सभापतित्वमा कार्यक्रम आयोजना भएको थियो । अध्यक्ष कार्कीले नेपाल र नेपालीको नाम चिनाउन चाहने नेपाली युवाहरुलाई आफ्नो सधैं सहयोग रहने बताएका छन् । कार्कीको सहयोगमा नेपालमा थुप्रै गिनिज वल्र्ड रेकर्ड होल्डर बनेको बताए । आगामी दिनमा रेकर्ड राख्नेलाई सबैखाले सहयोग गर्ने कार्कीले बताए । कार्यक्रम शनिबार ललितपुरको शंखमुल पार्कमा भएको थियो । राईले यस अगाडिको गिनिज रेकर्ड २७० स्को लाई तोड्न ३२५ स्कोर बनाएका थिए । राईलाई सहभागीले खादा मालाले लगाएर शुभकामना तथा बधाई दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार