राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबारदेखि


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस १६, २०७८

  • काठमाडौँ, १६ पुस । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

    हेभी वेट च्याम्पियनले रु ८० हजार, हार्डकोर च्याम्पियनले रु ६० हजार, मिडल वेट च्याम्पियनले रु ५० हजार, ट्याग टिम च्याम्पियनले रु ४५ हजार र लाइट वेट च्याम्पियनले रु २५ हजार पुरस्कार पाउने छन् । प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिका–१३ ले सहयोग गरेको छ । प्रतियोगिता सञ्चालन गर्न रु १५ लाख खर्च लाग्ने बताइएको छ । जलवायु दिवसको उपलक्ष्यमा दोस्रो आरडब्लु विन्टर स्लाम सिन्धुपाल्चोकको वुफडाँडामा आइतबारदेखि हुने श्रेष्ठले जानकारी दिनुभयो ।

    जिल्ला विकास समन्वय समिति सिन्धुपालचोक र नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो । हेभी वेट च्याम्पियनले रु ७५ हजार, हाडकोर च्याम्पियनले रु ६५ हजार, मिडल वेट च्याम्पियनले रु ४० हजार, ट्याग टिम च्याम्पियनले रु ४० हजार र लाइट वेट च्याम्पियनले रु ३५ हजार पुरस्कार पाउनेछन् । उक्त प्रतियोगिताको अनुमानित लागत रु १० लाख रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट