संखुवासभामा ‘जुनकीरी पुस्तकालय’


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, अशोज २०, २०७५

  • संखुवासभा, अशोज २० । सिर्जनसिल युवाहरुले तीन बर्ष अघि स्थापना गरेको संस्था ‘जुनकिरी अवीश्रान्त उज्यालो’ ले नियमित रुपमा सामाजिक सेवाका कामलाई निरन्तरता दिदै आईरहेको छ । यस पटक संखुवासभास्थित खाँदबारी सामुदायिक तथा गुठीद्वारा संचालित बरुण सेकेन्डरी स्कुलमा जुनकीरीले पुस्तकालय स्थापना गरेको छ ।

    जुनकिरीका अध्यक्ष प्रशान्त शर्माका अनुसार ‘काठमाडौंमा केन्द्रीत नभएर उपत्यका बाहिर पनि काम गर्ने सोचले पुस्तकालय स्थापना गरिएको हो ।’ उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पुस्तकको अभाव भईरहने समस्यालाई जुनकीरीको यो कदमले ठुलो सहयोग हुने आशा छ ।’ पुस्तकालय उद्घाटन जि.शि.अ. केशब भट्टराई, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश थपलिया तथा बिद्यालय ब्यबस्थापक रुद्रनाथ दाहालद्वारा सामुहिक रुपमा गरिएको हो ।

    उक्त पुस्तकालय निमार्णमा १० लाख रुपैंयाँ बराबर लागत लागेको संस्थाले जनाएको छ । बरुण सेकेन्डरी स्कुलमा बिद्यालयका लागि काठमाडौंबाट झण्डै २ हजार ५ सय रकमका पुस्तक लगिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार