नेपालमा लोकप्रिय बन्दै हेयर एण्ड शान्ती


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, पुस २१, २०७५

  • काठमाण्डौं : भारतका विभिन्न राज्यबाट आफ्नो सेवा दिदै आएको प्रतिष्ठित सैलुन ‘हेयर एण्ड शान्ती’ ले नेपालमा पनि आफ्नो शाखा बिस्तारलाई तिब्र बनाएको छ । दुई वर्षअघि काठमाण्डौंस्थित दरबारमार्गमा पहिलोपटक शाखाको सुरुवात गरेको उक्त सैलुनले अब ठमेलको छायाँ सेन्टर र जावलाखेलको मिनिसो एण्ड क्याफे कफिको विल्डिङमा एकसाथ शाखा खोलेर ग्रँहकलाई सेवा दिन सुरु गरेको छ । यि दुई शाखाले यहि नयाँ वर्षको अवसर पारेर आफ्नो सेवा सुरु गरेको हो । सैलुनको चाँडै ग्राण्ड ओपनिङ गर्ने योजना छ । भारतका बिभिन्न स्थानमा १५ वटा भन्दा धेरै शाखा खोलिएको यस सैलुनले दुई वर्षअघि नेपालका प्रमुख शहरमा आफ्नो शाखा बिस्तार गर्ने योजना अनुरुप नेपाल भित्रिएको हो । ‘पहिलो कुरा त हामी नेपाली हौं, भारतमा जतिसुकै राम्रो व्यापार गरेपनि आफु जन्मिएको ठाउका ग्राहकलाई पनि सेवा दिनुप¥र्यो भन्ने सोच अनुसार नेपाल छिरेका हौं’, हेयर एण्ड शान्तीकी म्यानेजिङ डाईरेक्टर तथा हेयर स्टाईलिस्ट अनुजा श्रेष्ठले भनिन्, ‘अब हामी तुरुन्तै नारायणगढमा शाखा बिस्तार गर्दैछौं । त्यहाँ लगभग धेरै काम भैरहेको छ । त्यसपछि पोखरा, वुटवल, नेपालगन्ज लगायतका प्रमुख शहरमा शाखा खोल्ने तयारीमा छौं ।’

    सेलिब्रेटिको पहिलो रोजाई बन्दै

    छोटो समयमै हेयर एण्ड शान्तीमा नेपाली सेलिब्रेटीको भिडभाड सुरु भएको छ । अहिलेसम्म चर्चित अभिनेत्री रेखा थापा, पल शाह, पुजा शर्मा, दिपाश्री निरौला, छुल्ठिम गुरुङ, प्रशान्त ताम्राकार, रमेश उप्रेती, पुर्व मिस नेपाल अश्मि श्रेष्ठ, अभिनेत्री वर्षा राउत, गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायक हिमाल सागर लगायत दर्जनौं सेलिब्रेटि नियमित रुपमा हेयर एण्ड शान्तीमा सेवा लिने गरेका छन् । सेलिब्रेटीको समेत राम्रो गन्तव्य वनेको यो सैलुनले सेलिब्रेटी मात्रै होईन सम्पुर्ण ग्राहकलाई विशेष सहुलियतमा सेवा दिने गरेको छ । वजारमा भारतमा चलेको सर्वाधिक महंगो सैलुन भन्ने पनि हल्ला छ, हेयर स्टाईलिस्ट तथा म्यानेजिङ डाईरेक्टर अनुजा भन्छिन्, ‘कुरा त्यस्तो होईन, हामीले सम्पुर्ण प्रकारका ग्राहकलाई मध्येनजर गरि निकै सहुलियत ढंगबाट सेवा दिने गरेका छौं ।’

    ५ सय वढि कर्मचारीलाई रोजगारी

    नेपाल लगायत भारतका बिभिन्न राज्यमा रहेका हेयर एण्ड शान्तीका शाखामा अहिलेसम्म ५ सय बढि कर्मचारीले रोजगारी पाईरहेका छन् । हामीले नेपालमा मात्रै ७० जना भन्दा वढिलाई रोजगारी दिएका छौं, सैलुनकी निर्देशक अनुजा श्रेष्ठ भन्छिन्, ‘नेपालमा बिस्तारै खुल्ने अन्य शाखामा पनि कर्मचारी थपिदै जाने भएकाले स्वदेशमा बेराजगार युबा पनि लाभान्वित हुने अपेक्षा राखेका छौं ।’

    कसरी खुल्यो हेयर एण्ड शान्ती ?

    हेयर एण्ड शान्ती सन् २००१ मा भारतमा सुरुवात गरिएको हो । यो सैलुनलाई विश्व शान्ती श्रेष्ठले सुरुवात गरेकी हुन् । तर दुःखद कुरा केहि वर्षअघि उनी र श्रीमानसँग मर्निङ वाकमा हिंडिरहेका बेला तिव्र गतिमा आईरहेको कारको ठक्करबाट उनी गम्भिर घाईते भईन् । तुरुन्तै उपचारका लागी अस्पताल लगियो । झण्डै २ महिना अस्पतालमा उपचार गरिसकेपछि उनी निको त भईन् तर एउटा हात र एउटा खुट्टा चल्न नसक्ने अबस्थाको जीवन बाँचिरहेकी छिन् । यति मात्रै होईन, दुर्घटना हुँदा उनको दिमागमा पनि नराम्रोस“ग चोट पुग्यो र उनले आफ्ना आफन्त देखी श्रीमान् र कोहि कसैलाई पनि चिन्न नसक्ने भएकी छिन । विश्व शान्ती श्रेष्ठको सपना थियो, भारतसंगै नेपालका विभिन्न शहरमा पनि साखा विस्तार होस् । उनले भनेजसरी साखा विस्तार भयो, ग्राहकको भिडभाड वढ्यो । तर उनी आफैले उक्त दृश्य भने राम्रोसंग देख्ने अवसर गुमाईन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार