विवेकशील साझा पार्टी फुट्यो, उज्वल थापाले गरे नया दल दर्ता


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, पुस २७, २०७५

  • पुस २७, काठमाडौं । ११ साउन, २०७४ मा एकता भएको विवेकशील साझा पार्टी आज फुटेको छ । विवेकशील साझा पार्टीका संयोजक मध्येका एक उज्वल थापाले नया दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । प्रस्तावित नया पार्टीको नाम ‘विवेकशील नेपाली दल’ राखिएको छ । जसमा ३७ सदस्यीय केन्द्रीय समितिका १६ जना निर्वाचन आयोगमा पुगेका छन् । जसमा रञ्जु दर्शना, मिलन पाण्डे, सुबुना बस्नेत, डाक्टर अनुषा थापा, प्रदेश ३ का सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेल रहेका छन् ।

    केही समय यता उज्वल थापाले पार्टीको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै एक प्रतिवेदन सार्वजनिक गरेका थिए । रवीन्द्र मिश्रले पार्टी एकलौटी रुपमा चलाएको, संगठनमा नजिकका व्यक्तिहरु नियुक्त गरेको जस्ता विषयमा थापा समुहले असहमति राख्दै आएको थियो । वैकल्पिक पार्टीका रुपमा आफूलाई दाबि गर्दै आएको विवेकशील साझाले गतबर्ष सम्पन्न संघीय र प्रदेश निर्वाचनमा सहभागिता जनाएको थियो । संघीय संसदमा एउटा सिट जित्न नसके पनि प्रदेश तीनको प्रदेश संसदमा भने विवेकशील साझा पार्टीका तर्फबाट तीनजना सांसद छन् । थापा समुहले निर्वाचन आयोगमा चालिस प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको दावि गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले उक्त निवेदन भेरिफाइ गर्न बाकी रहेको जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार