‘डान्स च्याम्पियन लिग २०७५’ सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ १४, २०७५

  • काठमाडौं, माघ १४ – गत शनिबार ‘डान्स च्याम्पियन लिग २०७५’ सम्पन्न भएको छ । जसमा १५ वर्ष मुनिका १ सय ५० जना वालवालिकाहरुले अडिसन राउण्डमा भाग लिएका थिए । त्यसमध्ये उत्कृष्ट १० छानिएका थिए । ग्रान्ड फिनालेबाट आदर्श लामा प्रथम, खुसी कट्टेल दोस्रो, सलिना मगर तेस्रो छनौट भए । लामा, कट्टेल र मगरले पहिलो, दोस्रो र तेस्रो भए बापत क्रमश प्रथम ५० हजार, ३० हजार र २० हजार रुपैंया हात पारे । रोजन बलामी, गंगा लामा, रिदम घिसिङ, आलोक बोहरा, किम गुरुङ, दिक्षा पौडेल, सिया थापामगर उत्कृष्ट १० भित्र पर्न सफल भए । यसमा कोरियोग्राफी जनक चौधरी र सुमन श्रेष्ठले गरेका थिए । बालुवाटार टुडालदेवीस्थित फ्युजन डान्स सेन्टरद्वारा ‘डान्स च्याम्पियन लिग २०७५’ को आयोजना गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार