नेकपा एकीकृत समाजवादी (एस) आबद्ध एकिकृत ट्रेड यूनियनलाई फुकुवा मिल्यो


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ४, २०७८

  • काठमाडौँ, ४ फागुन । नेकपा एकीकृत समाजवादी (एस) निकट भातृ संस्था गठन पश्चात् नेकपा एमाले निकट भातृ संस्थाले श्रम अदालतमा मुद्धा हालेर लगाएको बन्देजमा श्रम अदालतकै अन्तिम फैसलाले फुकुवा गर्ने निर्णय सुनुवाई गरेको छ । एकिकृत ट्रेड युनियन महासंघका महासचिव दिपक पौडेलले फागुन २ गते एक प्रेस वक्तव्य जारी गर्दै सम्वद्ध सबै पक्षप्रति आभार प्रकट गर्दै न्याय पाएकोमा खुसी व्यक्त गरेको छ ।

    नेकपा एमाले फुटेर वनेको नेकपा एसमा आवद्ध मजदुरहरुले २०७८ मंसिर २९ गते नेपाल सरकार, श्रम विभागबाट एकिकृत ट्रेड यूनियन महासंघ नेपाल (ICTU) दर्ता भएको थियो । दर्ता भए लगत्तै एमाले निकट जिफन्टले एकिकृत ट्रेड यूनियनलाई काम नगर्न, नगराउन अन्तरिमकालिन आदेशको माग गर्दै श्रम अदालत काठमाडौँमा मुद्दा हालेको थियो । मुद्दाको अन्तिम किनारा नलाग्दासम्म काम कारवाही अगाडि बढाउन स्थगन भएको थियो । श्रम अदालतले फुकुवा दिए लगत्तै देशका ७ वटै प्रदेशमा क्रियाशिल एकिकृत यातायात मजदुर संगठन र एकिकृत ट्रेड युनियन महासंघ नेपाल र घटक यूनियनहरु गठन हुने केन्द्रीय सदस्य तिल बहादुर विक तिलकले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार