राम नारायण साह कलवार फाउण्डेसनले छात्रबृत्ति प्रदान गर्ने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १०, २०७८

  • काठमाडौँ, १० फागुन । राम नारायण साह कलवार फाउण्डेसनले तीन जना विद्यार्थीहरुलाई नि:शुल्क छात्रबृत्ति प्रदान गर्ने भएको छ । सर्लाहीको वरहथवा नगरपालिकाका विद्यार्थीहरुलाई नि:शुल्क छात्रबृत्ति गर्ने घोषणा गरेको हो ।

    फाउण्डेसनले सर्लाहीको बरहथवा नगरपालिकास्थित थ्रिकम इन्टरनेश्नल इंगलिस स्कुलमा नर्सरीदेखी कक्षा ७ सम्म नि:शुल्क पढाउने घोषणा गरेको हो । जेहेन्दार र बिपन्न वर्गका विद्यार्थीहरुले आउने शैक्षिक सत्रबाट यो छात्रबृत्ति पाउने छन् । दुई वर्ष अगाडी स्थापना भएको थ्रिकम इन्टरनेश्नल स्कुलले हाल ७ कक्षासम्म अध्यापन गराईरहेको छ । हरेक वर्ष कक्षा थप्दै जाने फाउण्डेसनका अध्यक्ष सञ्जय जयसवालले बताए ।

    रौतहटमा जन्मिएर सर्लाहीलाई कर्मथलो बनाएका राम नारायण साहको नाममा यो फाउण्डेसन स्थापना भएको हो । राम नारायण व्यापारी तथा समाजसेवी थिए । सुरुमा कपडाको व्यापारमा लागेका उनी पछि यस क्षेत्रमा घर बनाउने काम पनि गरे । शिक्षा क्षेत्रमा सुधारका लागी केही गर्न चाहन्थे । यसैबिच गत साउन १ गते कोभिडका कारण साहले ज्यान गुमाए । शिक्षा क्षेत्रमा केही गर्ने बुबाको त्यही चाहना पूरा गर्न परिवारले फाउण्डेसनको स्थापना गरेको हो । शिक्षाबाहेक फाउण्डेसनले अन्य क्षेत्रमा पनि क्रमश: काम गर्दै जाने फाउण्डेसनका सदस्य विपीन जयसवालले बताए । बरहथवाका सामुदायिक स्कुलमा कम्प्युटर सेट उपलब्ध गराउने तयारी भईरहेको विपीनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार