दोस्रो होमस्टे अधिवेसन दाङको तुल्सिपुरमा सम्पन्न, नयाँ कार्य समिति चयन


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन २९, २०७८

  • दाङ, २८ फागुन । होमस्टे (घरबास) महासंघ लुम्बिनी प्रदेशको आयोजनामा ‘दोस्रो होमस्टे अधिबेसन २०७८’ सम्पन्न भएको छ । प्रकृति, संस्कृति, नेपालको पहिचान, समृद्ध मुलुक निमार्ण, होमस्टेको अभियान नाराका साथ शनिबार दाङको तुल्सिपुर उप–महानगरपालिकास्थित बोटलपुरमा अधिबेसन सम्पन्न भएको हो ।

    दोस्रो होमस्टे अधिबेसन २०७८ ले नयाँ कार्य समिति चयन गरेको छ । जसमा तिलक राज थारु अध्यक्ष, धनिराम भण्डारी उपाध्यक्ष, अनिल कुमार थापा सचिव, सविता चौधरी कोषाध्यक्ष, बुद्धि दलौभी, विर वहादुर पुन मधुमाया बस्याल, आशिष तमु, महेन्द्र चौधरी, दीपक चौधरी, मेघराज थारु, सुर्जमान चौधरी थारु, वेद कुमारी सापकोटा, लेक बहादुर रोकाया, यमलाल चौधरी, श्रृजना चौधरी सदस्यमा चुनिएका छन् ।

    होमस्टेलाई अझ शसक्त र फरक ढंगले अघि बढाउनु पर्ने कार्यक्रमका अध्यक्ष तथा होमस्टे (घरबास) महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पर्शुराम चौधरीले बताए । यस्तै होमस्टे महासंघका उपाध्यक्ष धनिश्वर बस्यालले होमस्टेले स्थानिय स्तरमा राम्रो आय आर्जन गरेको बताए । नवलपरासीको अमलटारीले बिगत ६ वर्ष यता होमस्टेका माध्यममार्फत झण्डै ४० करोड रुपैयाँ बराबर आय आर्जन गरेको बताए ।

    ‘नमुना होमस्टेका रुपमा अमलटारीलाई प्रस्तुत गर्दै उनले पद भन्दा काम ठूलो हो ।’ बस्यालले भने ‘पद सिमित समयका लागि मात्र हो । त्यो भन्दा काम महत्वपूर्ण हुन्छ ।’ होमस्टे महासंघका केन्द्रीय सल्लाहकार तथा रैथाने अभियानकर्मी तिलक ढकालले महासंघको इतिहासलाई स्मरण गराए । ‘सुरुमा सानो कोठाबाट हामीले कार्यक्रम सुरु गरेका थियौं ।’ उनले सुनाए, ‘अहिले ठूलो बनेर फैलिदैछ ।’ सम्बृद्धिको आधार होमस्टे बन्न सक्ने प्रशस्त सम्भाबना भएको ढकालले बताए । रैथाने चिज वस्तुको जगेर्ना गर्न, वातावरणको संरक्षण गर्न जनताहरुको आर्थिक स्तर बलियो बन्नु पर्ने उनले बताए ।

    शुभकामना मन्तब्यका क्रममा रैथाने एग्रि प्रोडक्ट्स नेपालका सचिव राई बहादुर राईले होमस्टे प्रवद्र्धनमार्फत रैथाने कृषि बालीको संरक्षण, मौलिक कला संस्कृतिको प्रवद्र्धन गरी स्थानीय समुदायको आर्थिक विकास गर्न सकिने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा कृष्ण चौधरीले यसै चैत १० गते देखी १४ गतेसम्म गाभर भ्यालीमा भोजन मेला सञ्चालन हुने जानकारी दिए । भोजन मेलामा सांस्कृतिक कार्यक्रमका साथै हस्तकला प्रदर्शनी तथा विक्री, वितरण हुने पनि उनले जानकारी दिए ।

    यस होमस्टे अधिबेसनको अध्यक्षता पर्शुराम चौधरीले गरेका थिए भने प्रमुख अतिथि होमस्टे महासंघका केन्द्रीय सल्लाहकार तिलक ढकाल, अतिथिका रुपमा तुलसीपुर उप महानगरपालिका पर्यटन शाखा प्रमुख यशोदा वली, होमस्टे महासंघका विदेश बिभाग सदस्य, पूर्ण चन्द्र उपाध्याय (मामा), होमस्टे महासंघका केन्द्रीय सचिव कृष्ण चौधरी, रैथाने एग्रि प्रोडक्ट्स नेपालका सचिव राई बहादुर राईको उपस्थिती रहेको थियो । अधिबेसनमा बिभिन्न जिल्लाका होमस्टे व्यवसायीहरु सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार