नेपाल बोटल वाटर उद्योग सङ्घका अध्यक्षमा गौतम


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ३०, २०७८

  • काठमाडौँ, ३० फागुन । पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा धु्रवबहादुर गौतम निर्वाचित हुनुभएको छ । सङ्घको हालै सम्पन्न छैटौँ अधिवेशनमा उहाँका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा विक्रम लिम्बू चेम्जोङ, उपाध्यक्षमा किशोर थापा, सुदीप श्रेष्ठ, लिला भण्डारी र विशाल श्रेष्ठ, महासचिवमा गोकुल थापा निर्वाचित हुनुभएको छ ।

    यस्तै कोषाध्यक्षमा कमलप्रसाद अधिकारी, सहकोषाध्यक्षमा मेरिना कायस्थ विजयी हुनुभएको हो । सातै प्रदेशका सचिव र सदस्य भने पछि छनोट गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । हाल देशभर सङ्घमा ५८६ उद्योग आबद्ध छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार