नेपाल कपडा तथा सिलाई व्यवसायी काठमाडौँ जिल्ला संघको २० औं साधारण सभा सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ६, २०७८

  • काठमाडौँ, ६ फागुन । नेपाल कपडा तथा सिलाई ब्यवसायी काठमाडौ जिल्ला संघ को २० औँ साधारण सभा होटल हार्दिक बागबजार काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँ महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख अतिथि तथा नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठको विशेष उपस्थितिमा आयोजित उक्त कार्यक्रममा महासंघका उपाध्यक्ष इश्वर नेपाली, महासचिव मेग बहादुर कार्की, कोषाध्यक्ष गणेश बराल, सह–कोषाध्यक्ष प्रेम महर्जन, स्थाई समिती सदस्य किसन सेवा, सदस्य कृष्ण अधिकारी मिलन नेपाली, राम प्यारा छिनाल, मन्जु कार्की, राज कार्की, प्रदेश सदस्य ममता बस्याल, लगायतको उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा कलाकार तथा व्यवसायी सम्झना बुढाथोकी र फेसन डिजाइनर रोजिना श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । नेपाल कपडा तथा सिलाई ब्यवसायी काठमाडौँ जिल्ला संघका अध्यक्ष चन्द्र रणपहेलीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको सन्चालन अनिल सुनामले गर्नु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार