कलाकार सम्झना बुढाथोकी ‘महिला उद्यमी सम्मान २०७८’ सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ६, २०७८

  • काठमाडौँ , ७ चैत । कलाकार सम्झना बुढाथोकी ‘महिला उद्यमी सम्मान २०७८’ सम्मानित भएकी छिन् । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, काठमाडौँ  जिल्लाको २० औँ साधारण सभाको अवसरमा श्रेष्ठलाई सम्मान प्रदान गरिएको हो ।

    कलाकार सम्झनाले नेपाली फेसन डिजाइनिङको क्षेत्रमा लामो समयदेखी क्रियाशिल छिन् । उनले सिलाई व्यवसायलाई देश तथा विदेशमा चिनाउन सफल भएकोमा नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, काठमाडौँ  जिल्लाले सम्मान प्रदान गरेको हो । उनले लामो समय म्युजिक भिडिओमा मोडलका रुपमा अभिनय गरेकी थिईन् । हाल उनले बागबजारमा व्यवसाय सञ्चालन गर्दै आएकी छिन् ।

    नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, काठमाडौँ जिल्लाले सम्मान प्रदान गरेपछि कलाकार बुढाथोकीले अत्यन्तै खुसी व्यक्त गरिन् । संस्थाप्रति उनले धन्यवाद र कृतज्ञता प्रकट गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार