एगाको पर्यटन प्रवद्र्धन एवं क्षमता अभिवृद्धि सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र १०, २०७८

  • गण्डकी, १० चैत । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराद्वारा आयोजित पर्यटन प्रवद्र्धन एवं क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमअन्तर्गत पूर्वी नेपालका विराटनरस्थित अन्नपूर्ण निटिङ इन्डस्ट्रिज प्रालि र प्रगति टेक्सटायल प्रालिको अवलोकनसँगै इलामको कन्याम चियाबारी, कोशी व्यारेज, भरत ताल, हेटौँडाको शहीद स्मृति पार्कलगायतका स्थान अवलोकन गराइएको कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष गोकर्ण लम्सालले जानकारी दिनुभयो ।

    उद्योगमा व्यवसायीले गरेको अवलोकनले आफूले बिक्री वितरण गर्दै आएका सामग्रीको उत्पादन प्रक्रिया, तिनीहरूको गुणस्तरीयता लगायतका धेरै विषयमा जानकारी प्राप्त भएको एगा पोखराका अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिनुभयो । इम्ब्रोइडरी र गार्मेन्ट व्यवसायीले पर्यटकले लैजाने सामग्री तयार गरी स्वदेश एवं विदेशमा नेपालका पर्यटकीय गन्तव्यको प्रवद्र्धनमा विशेष योगदान पु¥याएको उहाँले बताउनुभयो ।

    पर्यटन प्रवद्र्धन एवं क्षमता अभिवृद्धि कार्यक्रमले व्यवसायीमा उत्साह थपेको जनाउँदै एगा पोखराका पूर्वअध्यक्ष एवं पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटकीय सामग्रीमार्फत एगाले पर्यटनमा गरेको योगदानको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिनुभयो । उद्योग अवलोकनसँगै गरिएको पर्यटकीयस्थलको भ्रमणबाट पनि व्यवसायले धेरै विषयमा जानकारी प्राप्त गरेको जनाउँदै उहाँले भरत तालजस्ता मानवनिर्मित पर्यटकीय पूर्वाधार अन्य स्थानका लागि पनि प्रेरणादायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

    एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ, सचिव गीता ढकाल (पौडेल) लगायतले पूर्वी नेपालका पर्यटकीय गन्तव्य अवलोकनसँगै क्षमता अभिवृद्धि कार्यक्रमले व्यवसायीमा आगामी दिनमा पर्यटकले उपहारका रुपमा लैजाने सामग्री तयार गर्ने सम्बन्धमा पनि नयाँ नयाँ सोच विकास गरेको धारणा राख्नुभयो । आइतबारदेखि चार दिने कार्यक्रमका साथ पूर्वी नेपाल हिँडेको टोली बुधबार पोखरा फर्किएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार