नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभा सम्पन्न, उद्योगी, व्यवसायी सम्मानित


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र १२, २०७८

  • काठमाडौं, १२ चैत । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभा सम्पन्न भएको छ । चावहिलको स्मार्ट पार्टी प्यालेसमा सम्पन्न साधारण सभामा देशभरका उद्योगी, व्यवसायीहरुको भव्य उपस्थिीति रहेको थियो । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघको दोस्रो साधारण सभाले बिभिन्न क्षेत्रका उद्योगी, व्यवसायी, पूर्व मिस नेपाल र महासंघमा आबद्ध व्यवसायीहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेको थियो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

    राष्ट्रिय उद्योगी सम्मानबाट नोबेल टेक्सटाइल, वीरगञ्जका प्रबन्ध निर्देशक रमेश गाडीया सम्मानित भएका छन् । यस्तै ‘राष्ट्रिय महिला उद्यमशीलता’ बाट सन् १९९४ कि मिस नेपाल रुबि राणा शाह र ‘राष्ट्रिय सिर्जनात्मक सीप’ सम्मानबाट सन् २००० कि मिस नेपाल उषा खड्गी सम्मानित भएका छन् । यस्तै उत्कृष्ट समाजसेवा सम्मान जिल्ला अध्यक्ष रुपन्देहीका शुभाष परियार, उत्कृष्ट जिल्ला सम्मान जिल्ला अध्यक्ष जाजरकोटका मिलन परियार, उत्कृष्ट मोडलिङ ड्रेस डिजाइनर सम्मान डडेलधुराका श्याम सिनाल, राष्ट्रिय युवा व्यवसायी सम्मानबाट सागर कार्की सम्मानित भएका छन् ।

    सात प्रदेशका महिला उद्यमीहरु पनि सम्मानित भएका छन् । जसअन्र्तगत प्रदेश नम्बर १ बाट झापाकि तारा खनाल अधिकारी, मधेस प्रदेशबाट रौतहटकी सीता थापा चौहान, बागमती प्रदेशबाट रसुवाकि सुमित्रा सापकोटा, गण्डकी प्रदेशबाट तनहुँकि ममता बस्याल, लुम्बिनी प्रदेशबाट बाँकेकी कल्पना पुन, कर्णाली प्रदेशबाट जाजरकोटकी बिष्णु सुनार बिक र सुदुरपश्चिम प्रदेशबाट कैलालीकि बसन्ती सोम चौधरी सम्मानित भएका छन् । सम्मानित हुनु हुने सम्पुर्ण उद्योगी, उद्यमशिल ब्यवसायीहरुलाई नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले उज्ज्वल समृद्ध भविष्यको कामनाका साथै बधाई तथा शुभकामना ब्यक्त गरे ।

    महासंघ अध्यक्ष रामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आले, बिशिष्ट अतिथीहरु महासंघ सल्लाहकार माननीय निरा देवि जैरु, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष उमेश लाल श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष, अतिथि नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा स्वास्थ्य समिति सभापति हेम राज ढकाल, घरेलुु तथा साना उद्योग महासंघ बस्तुगत उपाध्यक्ष तथा ग्रील तथा स्टिल ब्यवसायी महासंघ अध्यक्ष मोहन कटुवाल, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्की, नरेश लाल श्रेष्ठ, भक्त हमाल, महासंघका कानुनी सल्लाहकार डेकेन्द्र प्रसाद सुवेदी, कम्व्युटर एशोसियसन महासंघ नेपाल (क्यान), का पुर्व अध्यक्ष बिनोद ढकाल लगायत अन्य संघ सस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

    महासंघका बिशिष्ट सदस्य एवं मानार्थ सदस्य मेचीदेखि महाकालीसम्म ७ वटै प्रदेशका विभिन्न जिल्लाबाट जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति रहेको उद्घाटन तथा बन्द सत्रको कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो ।

    यस साधारणसभालाई भब्य समारोहबिच सम्पन्न गराउन उपस्थित हुनु हुने प्रमुख अतिथीज्यु, बिशिष्ट अतिथि, अतिथि, महासंघका सल्लाहकार, बिशिष्ट सदस्य, मानार्थ सदस्य, जिल्ला अध्यक्ष, प्रतिनिधि एवं सहभागी हुनु हुने सबैमा महासंघले धन्यवाद व्यक्त गरेको छ ।

    सम्मानित हुने व्यक्तिका तस्विरहरु :

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार