नेता पौडेल भन्छन् : ओली सरकारले भ्रष्टाचार र बेथितिको जग बसायो


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ६, २०७५

  • काठमाडौं , फागुन ६  । काठमाडौँ –प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसालेको आरोप लगाएका छन् ।

    केही दिनअघि प्रधानमन्त्री केपी ओलीले आफ्नो एक वर्षे कार्यकाल पूरा भएपछि देशबासीका नाममा सम्बोधन गर्दै समृद्धिको जग बसाएको उल्लेख गरेका थिए ।

    सोमबार तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले ओली सरकारले भ्रष्टचार, बेथिति र विसंगतिको जग बसाएकाले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने दाबी गरे ।

    पौडेलले भने, ‘ओली जीले सरकारले समृद्धिको जग बसाएको भन्नुभएछ । सरकारले बसाएको जगबाट मुलुक समृद्धिको बाटोमा जान सक्दैन । मुलुक अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितिको बाटोमा अघि बढेको छ ।’

    पौडेलले काँग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सबै नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिए ।

    उनले काँग्रेसले महासमितिबाट पास भएको विधानले अवसर नपाएका कार्यकर्तामाथि न्याय गर्ने आश्वासन दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार