साढे दुई हजार परीक्षण गर्दा आठमा सङ्क्रमण


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र १२, २०७८

  • काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार ६५५ मा कोरोना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ७५८ जना रहेको छ । पछिल्लो समय २१० कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६४ हजार ६०८ पुगेको छ । निको हुनेदर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ मात्र रहेको छ । शून्य सङ्क्रमित भएका नौ जिल्ला धनकुटा, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, कञ्चनपुर, डोल्पा, हुम्ला र जुम्ला छन् । नेपालमा सङ्क्रमणदर १७.७ प्रतिशत छ । हाल होमआइसोलेशनमा एक हजार ७१७, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १९ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ४७ हजार ७०१ जनाले खोप लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार