सगरमाथा आरोही कल्पना चट्टान आरोहण सिकाउँदै


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र २५, २०७८

  • इलाम, २४ चैत । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यले इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका ८ मा रहेको भीरमा चट्टान आरोहणमा एक हप्ताको प्रारम्भिक तालिम सञ्चालन भएको हो ।विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जनले तालिम प्रदान गर्नेछिन् ।

    प्रशिक्षक कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर र सुशान्त ढुंगेल पनि छन् । तालिमको आयोजना यामबहादुर ९कमल० फाउडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ । इलामका विभिन्न ठाउँका १० जना युवाहरूले यो तालिममा सहभागिता जनाएका छन् । एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ ।

    तालिममा सहभागीहरुलाई विस्तारै थप चट्टान आरोहण तालिम दिँदै जाने जनाइएको छ । इलाम नगरपालिकामा साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तव्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनीसमेत भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट