स्पेनमा ५० ठाउँमा आगजनी, २ जना पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन ६, २०७५

  • काठमाडौं , फागुन ६  । काठमाडौँ –स्पेनको उत्तरी भागमा ५० स्थानमा आगजनी गरिएको खबर आएको छ ।

    केही ठाउँमा जानीबुझी आगो लगाइएको स्थानीय अधिकारीहरूले बताएका छन् । आगोमाथि नियन्त्रण गर्न स्थानीयहरूलाई हम्मेहम्मे परेको थियो ।

    भ्ल्त्क्यान्टाब्रिया क्षेत्रको सरकारले एक बयान जारी गरेर भन्यो, ‘कुल ५० स्थानमा आगजनी भएको जानकारी पाइएको छ र ७६० मानिस तिनमाथि नियन्त्रण लिने कोशिशमा जुटेका छन् ।’

    पहाडी क्षेत्रमा पहिलोपटक बिहीवार आगो लागेको थियो । आगजनीबाट कुनै मानवीय क्षति भएको छैन ।

    सरकारले बतायो, ‘धेरैजसो आगो दुर्गम क्षेत्रमा लागेको छ । यसले बस्तीमा वा आधारभूत संरचनाहरूका कुनै खतरा पु–याएको छैन ।’

    क्यान्टाब्रियाका प्रमुख मिग्वेल एन्जेल रेभिलाले स्पेनको एक टेलिभिजनलाई आगजनीको आरोपमा दुईजनालाई पक्राउ गरिएको बताए ।

    एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार