काभ्रेको तेमाल गाउँपालिकामा प्रमुखको लागि करिब आधादर्जन आकांक्षी


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, बैशाख २, २०७९

  • काभ्रे, २ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि तामाङ समुदायको बाहुल्यता रहेको काभ्रेको तेमाल गाउँपालिकाको प्रमुखका लागि नेकपा (एमाले) बाट करिब ६ जनाको नाम चर्चामा छ । यसै हप्ताको शुरुमा बसेको पालिकास्तरीय जिल्ला र प्रदेशमा प्रतिनिधित्व गर्ने अगुवा नेताहरुको अनौपचारिक बैठकमा करिब छ जनाको नाम अनौपचारिक रुपमा छलफलमा प्रबेश पाएको हो ।

    विशेष स्रोतका अनुसार प्रमुख पदमा तेमालका अगुवा नेता एवं पार्टीका पुर्व जिल्ला उपसचिव इन्द्र तामाङ, लोकप्रिय विद्यार्थी नेता जेनिस लामा, राष्ट्रिय युवा संघका केन्द्रिय उपमहासचिव योगेन्द्र तामाङदेखि नेकपामा दुईधार भएपछि मुलधारमा रहेका आशा लाग्दा युवा नेता एवं जिल्ला कमिटी सदस्य नरध्वज तामाङ (क्षितिज) सम्मको नाम चर्चामा छ । तर, क्षितिजले अहिले आफ्नो बेला नै नभएकोले अग्रज नेताहरुलाई उच्च सम्मान गर्दै यसपटक पार्टी जिताउने अभियानमा डटेर लाग्ने प्रतिबद्धता सहितको लामो स्टाटस दुई दिनअघि पोस्ट गरेका थिए ।

    यसपटक प्रमुखमा दाबी गर्नेहरु सबैजना जिल्ला र प्रदेशस्तरका नेताहरु रहेका छन् । अहिलेको पालिका कमिटीमा भएका कसैले पनि आजसम्म नेतृत्वको लागि दाबी गरेका छैनन् । औपचारिक छलफलमा पनि करिब दाबी गर्ने संभावना न्यून छ । स्रोतका अनुसार करिब एकहप्ता भित्रमा सघन छलफलपछि एमालेबाट प्रमुखको उम्मेदवार पक्का गरिने अनुमान छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार