• गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता
  • अर्थ / ब्यापार
  • विचार
  • मनोरन्जन
  • फ्रेस फेस
  • जीवनशैली
  • स्वास्थ्य

ट्राफिक प्रहरीद्वारा ३९ लाख राजस्व सङ्कलन


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख ८, २०७९

  • खोटाङ, ८ वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले नौ महिनाको अवधिमा रु ३९ लाख ५२ हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारीसाधनका चालकलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको हो । विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा पाँच हजार ४०१ सवारी साधनका चालकलाई कारबाही गरेको थियो ।
    साउनमा रु दुई लाख ६३ हजार, भदौमा रु चार लाख ४४ हजार, असोजमा रु चार लाख सात हजार, कात्तिकमा रु ६ लाख ५३ हजार, मङ्सिरमा रु सात लाख दश हजार, पुसमा रु तीन लाख ७८ हजार, माघमा रु तीन लाख ७९ हजार, फागुनमा रु तीन लाख ६३ हजार र चैतमा रु तीन लाख २४ हजार राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दलबहादुर खत्रीले जानकारी दिनुभयो । ट्राफिक प्रहरीका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका, स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका, हेल्मेट, सिटबेल्ट र चालक पोसाक प्रयोग नगरेका सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।
    यस्तै जिल्लामा नौ महिनाको अवधिमा १९ सवारीसाधन दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न समयमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । अधिकांश सवारी साधन ट्राफिक नियमविपरीत चलाउँदा दुर्घटनामा परेको पाइएको खत्रीले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    पहुँचका भरमा जहाजको टिकट वितरण

    पहुँचका भरमा जहाजको टिकट वितरण

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    महोत्तरीमा प्राकृतिक सम्पदा संरक्षण नै मुख्य मुद्दा

    महोत्तरीमा प्राकृतिक सम्पदा संरक्षण नै मुख्य मुद्दा

    महावीर पुनलाई पोर्चुगलमा सम्मान

    महावीर पुनलाई पोर्चुगलमा सम्मान

    नागरिक सहायता कक्षले सेवाग्राहीलाई सहज

    नागरिक सहायता कक्षले सेवाग्राहीलाई सहज

    भेरी अस्पताल पुनः उत्कृष्ट

    भेरी अस्पताल पुनः उत्कृष्ट

    ताजा अपडेट
    • पहुँचका भरमा जहाजको टिकट वितरण

    • नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    • महोत्तरीमा प्राकृतिक सम्पदा संरक्षण नै मुख्य मुद्दा

    • महावीर पुनलाई पोर्चुगलमा सम्मान

    • नागरिक सहायता कक्षले सेवाग्राहीलाई सहज

    • अहेब, अनमीलगायत पदमा सुदूरपश्चिम लोक सेवाले माग्यो दरखास्त

    • भेरी अस्पताल पुनः उत्कृष्ट

    • म्याग्दीका विद्यार्थी भन्छन्, ‘पुस्तक छैन, कसरी पढ्नु ?’

    • डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात

    • कालीगण्डकीले ग्यास चुल्हो लिने, इन्डक्शन चुल्हो दिने

    सम्पर्क

    फ्रन्टलाईन नेपाल प्रालीद्वारा संचालित
    ठेगाना : नयाँ बानेश्वर, काठमाडौं‌                                सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर : १९२० – ०७६/०७७

    इमेल : [email protected]                       सम्पर्क  : ९८५१००५७५६/ ९८२३२४९५१९

    Quick Links

    • राजनीति
    • अर्थ
    • समाज
    • घटना
    • अन्तर्वार्ता
    • देश
    • मनोरंजन
    • खेलकुद
    • शिक्षा
    • विविध
    • स्वास्थ्य
    • धर्म-संस्कृति

    हाम्रो टिम

    प्रधान सम्पादक : नरेन्द्र रौले                         कार्यकारी सम्पादक : चित्रकुमार कार्की
    सह-सम्पादक : रक्षककुमार राई ‘अभियान’     उप-सम्पादक : गगन बहादुर खत्री

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क

    © 2022 All right reserved to FrontlineNepal.com  | Site By : SobizTrend Technology