रेशम चौधरीको पार्टीले कैलालीमा जित्यो तीन पलिका, भजनीकाे प्रमुखमा चौधरी र उपप्रमुखमा तिरुवा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ ५, २०७९

  • कैलाली, ५ जेठ । कैलालीको भजनी नगरपालिकामा पनि रेशम चौधरीको पार्टीले विजय हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीबाट केवल चौधरीले प्रमुख र उपप्रमुखमा राजु तिरुवा विजयी भएका हुन् ।

    उनीहरुले सत्ता गठबन्धनका उम्मेदवारहरुलाई हराएका हुन् । अन्तिम परिणाम आधिकारिक रुपमा घोषणा गरिएको छैन । चाैधरीकाे पार्टीले यसअघि कैलालीको टीकापुरमा प्रमुख र जोशीपुरकाे प्रमुख र उपप्रमुख दुवै नागरिक उन्मुक्ति पार्टीले जितिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार