विवाह गर्दै हुनुहुन्छ भने यी पाँच कुरामा ध्यान दिनैपर्छ………


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ७, २०७५

  • काठमाडौं , फागुन ७ । काठमाडौँ –अहिले विवाहको मौसम छ । उमेर पुगेपछि विवाह गर्नु हरेक युवा युवतिको कर्तव्य पनि हो । निश्चित उमेर पुगेपछि विवाह गर्नु संसारभरकै परम्परा हो ।

    अहिले पनि कतिपय जोडीको विवाह पारिवारिक दवावमै हुने गरेको छ । दवावमा बिहे गरेकाहरु मध्ये कतिपयको सम्बन्ध पछि खराब हुने र सम्बन्ध विच्छेद समेत हुने गरेको छ । तशर्थ विवाहका लागि योग्य जोडीले यी पाँच कुरामा ध्यान दिनैपर्छ :

    समय निर्धारण :

    तपाइको घर परिवारका सदस्यहरुले यदि तपाईको विवाहको कुरा गर्दैछन् भने तुरुन्तै सहमति नजनाउनुस् । तपाई जो संग विवाह गर्दै हुनुहुन्छ उसको वारेमा पुरै जान्न जरुरी छ । यदि केही समय तपाईले हुनेवाला जीवनसाथीसँग समय विताउनु भयो भने तपाईलाई धेरै कुरा थाहा हुन सक्छ ।

    पुरानो सम्बन्ध वारे जानकारी गराउनुस् :

    यति तपाई कसैसंग रिलेशनमा हुनुहुन्थ्यो र ब्रेक भएको हो भने हुनेवाला जीवनसाथीलाई बिगतका वारेमा नढाँटीकन भन्नुहोस् । पुरानो सम्बन्धवारे पहिला केही भन्नु भएन र पछि थाहा भयो भने तपाईलाई कुनै पनि वेला अप्ठ्यारो हुनसक्छ ।

    आर्थिक समझदारी :

    विवाहअघि नै तपाईको हुनेवाला जीवनसाथीको कमाईवारे जानकार हुन जरुरी छ । कमाईको वारेमा प्रष्ट भएपछि मात्रै भावी जीवन कसरि चलाउने भन्नेमा सहमति जनाउन सकिन्छ ।

    परिवारसंग समय बिताउनुस :

    यदि तपाईको विवाह पक्का हुँदैछ भने हुनेवाला जीवनसाथीको परिवारका सदस्यसँग पनि केही समय विताउनैपर्छ । किनकी यदि पहिल्यै भेट्नु भयो भने परिवारका सदस्यको आनीवानीवारे जानकारी प्राप्त हुन्छ र त्यहि अनुसार व्यवहार गर्न सजिलो हुन्छ ।

    आफ्नो इच्छा ब्यक्त गर्नुस् :

    तपाईको खास इच्छा के हो त्यो वारेमा जानकारी दिनैपर्छ । जस्तो तपाईलाई सिनेमा हेर्न मन पर्छ कि ? किताव पढेर मनोरञ्जन लिनुहुन्छ कि ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार