श्रीमती हत्याका दोषी रञ्जन कोइराला पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १३, २०७९

  • काठमाडौँ, १३ जेठ । श्रीमती हत्यामा दोषी ठहर भई जन्मकैदको फैसला सुनाइएका सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला आज काठमाडौँको बानेश्वरबाट पक्राउ परेका छन् । कानूनी परामर्श गरिहेको अवस्थामा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुई दिन बिदा रहेकाले फैसला कार्यान्वयनका लागि सोमबार उनलाई अदालतमा पेस गरिनेछ । बिहीबार मात्रै सर्वाेच्च अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । यसअघि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे आठ वर्ष जेल सजाय बसेमा मक्सद पूरा हुने फैसला गरेपछि विसं २०७७ मा कोइराला जेलबाट छुटेका थिए ।

    उक्त आदेश उल्ट्याउँदै कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टङ्क मोक्तान र डा कुमार चुडालको इजलासले बिहीबार जन्मकैद (२० वर्ष कैद) को फैसला सुनाएको थियो । फैसला गरेको भोलिपल्टै आज साँझ ६ः३० बजे उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । कोइरालाले विसं २०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार