दुर्घटनामा एकीकृत समाजवादीका नेता चौधरीको निधन


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २३, २०७९

  • सप्तरीमा आज साँझ भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी)का नेता रामनारायण चौधरीको निधन भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स १० प ४६११ नंको स्कुटरलाई ना.६ख ६३९९ नंको ट्रकले ठक्कर दिएको थियो ।

    ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सुरुङ्गा नगरपालिका निवासी ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको थियो । उहाँ पार्टीको जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्थ्यो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार