भारतीय गायक सोनु निगम भोलि डिस्चार्ज हुन सक्ने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन ७, २०७५

  • काठमाडौं , फागुन ७ । काठमाडौँ –नर्भिक अस्पतालमा उपचाररत भारतीय गायक सोनु निगमको ढाडको दुखाइ कम हुँदै गएको छ।

    ढाडको दुखाइमा कमी आउँदै गएपछि गायक निगमलाई सम्भवत: बुधबार डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ।

    अस्पतालको ५ सय १ नम्बर बेडमा रहेका उनको ढाडको समस्या पहिचान गर्न एमआरआई गर्न लागिएको बताइएको छ। एमआरआई रिपोर्टका आधारमा उनको थप उपचारका विषयमा निर्णय लिने अस्पताल स्रोत बताएको छ।

    पोखरामा रहँदा उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि मंगलबार दिउँसो १ बजेर १५ मिनेट जाँदा अस्पताल भर्ना भएका हुन्।

    गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार