गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र ?’ गीतमा पुनम श्रेष्ठ, सदिक्षा थापाको छमछमी


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ६, २०७९

  • काठमाडौँ । ६ साउन । गायक सन्तु थापाको ‘साँच्चै राम्री छु र ?‘ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ । तीजलाई लक्षित गरेर उनले सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका टीका पुन र गायक थापाको स्वर रहेको छ । यस गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, नवराज उप्रेतीले छायांकन गरेको हो । सम्पादन मिलन विश्वकर्माले भिडिओ सम्पादन गरेका छन् ।

    गायक सन्तु थापा नेपाली मौलिक संस्कृति, गीत, संगीतलाई माया गर्ने कलाकार हुन् । सांगितिक कार्यक्रमकै सिलसिलामा युरोपका बिभिन्न देश, अष्ट्रेलिया, बेलायत, युएइ, मलेसिया लगायतका देशहरुमा पुगिसकेका छन् । साँच्चै राम्री छु र ? गायक थापाको १८ औं सोलो एल्बम हो । उनले सयौं गीतमा स्वर भरिसकेका छन् । यस म्युजिक भिडिओमा नबिन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदिक्षा थापाले अभिनय गरेका छन् ।

    भिडिओ

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार