ट्राफिक चेतनासहित मेट्रो ट्राफिक एफएमको वार्षिकोत्सव


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, साउन ६, २०७९

  • काठमाडौँ, ६ साउन । विविध चेतनामूलक कार्यक्रमसहित मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औँ वार्षिकोत्सव आज सम्पन्न भएको छ । ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रमका साथ आज बसन्तपुरमा आयोजित वार्षिकोत्सव समारोहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले जनचेतनाको कमीले सवारी दुर्घटना बढिरहेको बताउनुभयो ।

    उहाँले ट्राफिक लाइट र लेन अनुशासनसम्बन्धी जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने र त्यसका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको पनि बताउनुभयो । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अपराध र ट्राफिकसम्बन्धी सचेतनामूलक जानकारीका लागि एफएम सुन्न अनुरोध गर्नुभयो ।

    उहाँले साङ्गीतिक प्रस्तुतिबाट मनोरञ्जनसमेत दिँदै आएको एफएमलाई यो स्थानमा पु¥याउन श्रोता र महानगरपालिकाको सहयोगको प्रशंसा गर्नुभयो । काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी र महानगरपालिकाले आ–आफ्नो क्षेत्रमा सहकार्य गरेमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो । समारोहमा नेपाल प्रहरी साङ्गीत विद्यालयद्वारा गायन, नृत्य, नाटकलगायत विभिन्न कार्यक्रम गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार