गायिका भावना आचार्यको ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ८, २०७९

  • काठमाडौं, ८ साउन । नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी गायिका भावना आचार्यको यस बर्षको तीज पर्वका लागी नयाँ गीत सार्वजनिक गरिएको छ । ‘चट्ट रातो सारीमा देखिन्छु रे परी म’ बोलको गीतमा भावनाको स्वरसँगै शब्द र संगीत पनि रहेको छ । गीतमा कोरस स्वर चेतना बिकेको रहेको गीतको भिडियोमा भावनासँगै मनिता कुलालले नृत्य गरेका छन् भने उनीहरुलाई अशोक धिताल र दिलिप ओखेडाले साथ दिएका छन् ।

    मुकेश हुमागाईंले खिचेको भिडियो गम्भिर बिष्टले खिचेका हुन् । भिडियोमा कबिता तोलंगीको मेकअप रहेको छ । भिडियो नविन निरौलाले सम्पादन गरेका हुन् । गीतकी गायिका तथा निर्मात्री भावनाले यसबर्षको तीज पर्वलाई लक्षित गरी गीत सार्वजनिक गरेको बताइन् । साथै दिदीबहिनीलाई नाच्न मिल्ने गीत रहेको पनि जानकारी गराइन् ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार