पुस्कलको श्रीमान श्रीमती युट्युवको २७ औं स्थानमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ८, २०७९

  • काठमाडौं, साउन ।  बिशेष गरी सेन्टिमेन्टल गीतबाट दर्शक तथा स्रोताको मन जितेका लोकप्रिय गायक पुस्कल शर्माको सार्वजनिक ‘श्रीमान श्रीमती’ बोलको नयाँ गीतले दर्शकको मन  जित्नेक्रममा छन् । दुईदिन अघि सार्वजनिक गीतले नेपालको युट्युव टे्रन्डिंगको स्थान ओगटिरहेको छ । यो समाचार तयार पार्दासम्म युट्युव टे्रन्डिंगको २७ औं स्थानमा रहेको छ ।
    गीतमा पुस्कललाई लोकप्रिय गायिका शान्तीश्री परियारले साथ दिएकी छिन् । गीतमा पुस्कलकै शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको रहेको छ । पुस्कल आफैले निर्देशन गरेको भिडियोमा आफ्नै श्रीमती सवि शार्मालाई अभिनय गराएका छन् । यो भन्दा अघि पनि सविले पुस्कलसँग सविको अभिनय रहेको दुई भिडियो सार्वजनिक भइसकेका छन् । अहिले सार्वजनिक भिडियो सुरेश श्रेष्ठले खिचेका हुन् ।
    भिडियो
    1111

    प्रतिक्रिया
    सम्बन्धित समाचार