फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

प्रधानमन्त्री ओलीले पशुपति शर्मालाई भने : सुबाटोमा हिँडौँ


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, फाल्गुन ८, २०७५

  • काठमाडौं , फागुन ८ । काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन् । तेस्रो अधिवेशनको आठौँ बैठकलाई बुधवार बिहान प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।

    प्रधानमन्त्री ओलीले प्रदेश सभामा बैठक सम्बोधन गर्दै पशुपति शर्मादेखि निर्मला हत्या प्रकरणसम्मको चर्चा गरेका छन् । पशुपति शर्मालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटाले भुलचुकले एउटा गीत बनाए अरे, कता हो मैले सुनेँ, लुट भाई लुट, गरी खाए केही काम लाग्दैन लुटेर खा भनेर कसैले गीत गाए । तर जनताले मन पराएनन् अनि आफै हटाए ।’

    प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सांसद डा. अमरेशकुमार सिंहलाई समेत लक्षित गरी ब्यंग्य गरेका थिए । सांसद सिंहलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अर्को सांसदले त्यस्तो राम्रो महान् गीत । नेपालीलाई टुटेर खान सिकाउने गीत किन हटाएको यूटूवबाट राख्नु पर्छ भन्दै २५ हजार दिने बताएका छन् ।’ त्यही प्रसङ्गमा प्रधानमन्त्रीले गायकले भावनामा एउटा गीत लेखेको, युट्युबमा पनि हालेको तर सबैले राम्रो गरेनौ भाइ भनेपछि हटाएकोले यो कुरा सिद्धिसकेको बताए। ‘सरकारले केही भनेको छैन सरकारले किन केही भन्नुपर्छ,’ ओलीले भने, ‘सरकार यत्ति भन्छ सुवाटोमा हिडौं ।’

    सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्या प्रकरणमा संलग्न जो भए पनि पक्राउ पर्ने दाबी गरे । ओलीले निर्मलाकाण्ड अत्यन्त दुःखद भएको बताए । उनले भने ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो। अत्यन्त दुःखद कुरा हो ।’

    हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको उनले बताए। सरकारले हत्यारा पत्ता लगाउन थुप्रै अनुसन्धान गरेको पनि उनले बताए। तर, कहिलेकाहीँ अपराधीले प्रमाण नछाड्ने भएकाले समस्या हुने उनले बताए । तर, सरकारले हत्यारा पत्ता लगाएरै छाड्ने उनले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट