जहाँ एकल युवायुवतीलाई रोबर्टले खोजिदिन्छ लाइफ पार्टनर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ९, २०७५

  • काठमाडौं , फागुन ९। काठमाडौँ –जापानको राजधानी सहर टोकियोमा एकल युवा युवतीलाई जोड खोजिदिने एक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा साना साना रोबर्टहरु पनि राखिएको थियो । रोबर्टहरुले यो कार्यक्रममा एकअर्कासँग कुरा गर्न लजाइरहेका युवायुवतीको कुरा आदानप्रदान गरिरहेको थियो ।

    कार्यक्रममा २५ देखि ३९ वर्षका २८ युवायुवतीले भाग लिएका थिए । यी रोबर्टको माध्यमबाट ४ जोडी बनेका थिए । टोकियोमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स, रोबर्टिक्स र अन्य प्रविधिमा काम गर्ने कन्टेन्ट इनोभेशन प्रोग्राम (सीआईपी) ले आयोजना गरेको थियो । सीआईपीका अधिकारी युनोसुके ताकाहाशीले आफ्नो विवाहको कुरा भन्न लजाउने मानिसका लागि सहयोग गर्ने बताए ।

    समाचारमा बताइएअनुसार कार्यक्रममा आएका सहभागीलाई शुरुमा ४५ फरक फरक प्रश्न सोधिएको थियो । यसमा उनीहरुको इच्छा, शोख, नोकरीजस्ता जानकारी थिए । उक्त जानकारी अधिकारीहरुले रोबर्टमा अपलोड गरेका थिए । यसको आधारमा रोबर्टले उनीहरुको सानो परिचय पनि बनाएको थियो । यो विवरणको प्रयोग गरेर रोबर्ट्सले युवा–युवतीको कुरा एकअर्कामा पुर्‍याएका थिए ।

    यसको सहारामा ४ जोडी बनेका थिए । एक सहभागीले रोबर्टको माध्यमबाट कुरा गर्नु निकै सजिलो भएको बताए । उनले आफ्ना सबै कुरा रोबर्टले सहजै बताइदिएको छ र आफूलाई केही भन्नु जरुरी नै नभएको बताए ।

    जापानमा यस किसिमको कार्यक्रम भइरहने गरेको छ । जसमा एकलहरुले आफ्नो जोडी खोज्ने गरेका छन् । यस किसिमको कार्यक्रमलाई जापानी भाषामा ‘कोनकात्सु’ भनिन्छ । यद्यपि एकलहरुको कुरा एकअर्कालाई पुर्‍याउन रोबर्टको प्रयोग गरिएको भने यो पहिलो पटक हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार