आज विजयादशमी, टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, अशोज १९, २०७९

  • काठमाडौँ, १९ असोज । विजयादशमीका दिन आज बिहान १० बजेर ३४ बजे देवी विसर्जन र बिहान ११ बजेर ५१ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि शुभ समयको साइत ११ बजेर ५१मिनेट रहेको उनले बताए।

    समितिले दिएको साइतको समय प्रभावशाली भएकाले सक्नेले यही समयमा टीका लगाउने गरी तयारी गर्न समितिले आह्वान गरेको छ। नसक्नेका लागि विजयादशमीको दिन बिहानदेखि अखिल बलिपूर्तिका लागि पूजा गरेका सबै सामग्री नसेलाएसम्म टीका लगाउन कुनै समस्या छैन।

    विजयादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ। लगाइदिने मानिस पश्चिम फर्कंदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन्। चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ।

    विजयादशमीका दिन बिहान नवदुर्गाको पूजा आराधना गरी जया, विजया, अजिता र अपराजिता गरी चार देवीको पूजा आराधना गरेर देवी विसर्जन गरिन्छ। मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरा नै प्रयोग गरिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार