‘कबड्डी ३’मा दयासंगै प्रदिपको इन्ट्री


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ९, २०७५

  • काठमाडौं , फागुन ९ । काठमाडौँ –निर्देशक रामबाबु गुरुङलाई निर्देशनमा सफल बनाएको चलचित्र हो, ‘कबड्डी’ । यो चलचित्रको सिक्वेल ‘कबड्डी २’ ले सफलता त पायो, तर समिक्षकले औसत भने । अब, निर्देशक गुरुङ यसको तेश्रो सिक्वेलको निर्देशनमा जुटेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘साँइली’ चैत्र १५ मा रिलिज हुँदैछ । यसपछि, भने उनी यो चलचित्र निर्देशनमा लाग्नेछन् ।

    यो चलचित्रमा ‘कबड्डी’ देखि नै पर्दामा देखिएका नायक दयाहाङ राइले काम गर्ने पक्का छ । निर्देशक गुरुङले भने–‘दयाहाङ त पक्का हुने र नहुने भन्ने नै भएन । यो त उनको नै फिल्म हो ।’ यसपटक भने, यो चलचित्रमा चकलेटी अनुहारका कारण चर्चामा रहेका नायक प्रदिप खड्काको प्रवेश हुने देखिएको छ । नायक खड्काले यसअघि निश्चल बस्नेत र सौगात मल्लले निर्वाह गरेको जस्तै भूमिका निर्वाह गर्नेछन् । प्रदिपको बिषयमा निर्देशक रामबाबु गुरुङले भने–‘प्रदिपसँग मौखिक सहमती मात्र भएको हो । हामीले लिखित सहमती नगरेका कारण पनि प्रदिप पक्का भन्न सकेका छैनौं । किनकी, भोली उनको समय, पारिश्रमिक मिलेन भने जे पनि हुनसक्छ । तर, मौखिक रुपमा काम गर्ने कुरा भएको छ ।’

    रामबाबुले ‘बेली’ भन्ने चलचित्रमा प्रदिपसँग काम गर्ने पक्का भएको थियो । यो विषयमा गुरुङले भने–‘कबड्डीको कथा ८० प्रतिशत सकिएकाले पहिले यो चलचित्र नै छायांकनमा जान्छ होला । हामी त जेठबाट नै सुरु गर्ने तयारीमा छौं । यदि, जेठमा भएन भने दशैंपछि छायांकन हुन्छ ।’

    चलचित्रका लागि कुनै पनि कलाकारसँग लिखित सहमती भने नभएको रामबाबुले स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार