अनुप बोहरा द्वारा काठमाडौं २ मा उम्मेदवारी दर्ता


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २७, २०७९

  • काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा युवा नेता अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । अर्थशास्त्र सम्बन्धि अध्यन गरेका बोहराले पहिले देखी नै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव लड्न अफर गरेको थियो ।

    स्वतन्त्र उम्मेदवारी घोषणा गरेका कारण पार्टी बाट चुनाव लड्नु राजनैतिक बेइमानी हुने भन्दै बोहराले स्वतन्त्र लड्ने अडान लिदै आएका थिए ।

    उम्मेदवारी दर्ता गरेपछि बोहराले मुलुकको ध्यान अब केही दशक आर्थिक विकासमा लगाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार