लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले जितेपछि विकासले रफ्तार लिने : पूर्व सांसद साह


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, कार्तिक ३, २०७९

  • सर्लाही, २ कात्तिक । समाजसेवी तथा सर्लाहीका लोकप्रिय नेता नरेन्द्र साहले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले जितेपछि विकासले रफ्तार लिने बताए । सर्लाही क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्व सांसद साहले बुधबार बरहथवामा आयोजित एक कार्यक्रममा यसो बताएका हुन् ।

    बरहथवा ३ ‘ख’ मा पर्ने १० वटा वडाको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै पूर्व सांसद साहले जनताका समस्याहरुलाई सम्बोधन गर्न कुनै कसर बाँकी नराख्ने पनि बताए । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताएपछि सर्लाही क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आफूहरु लागि पर्ने उनले बताए ।

    यस्तै सर्लाही क्षेत्र नम्बर ३ प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसका उम्मेदवार हरेस महतोले लोकतान्त्रि बाम गठबन्धन सत्य र असत्य, राम र रावणबिचको लडाइ भएको बताए । गठबन्धनका उम्मेदवारले जितेपछि जनताका बाचा पूरा गर्ने बताए । यस्तै स्वागत मन्तब्य दिदै नेकपा एकिकृत समाजवादी (एस) केन्द्रिय परिषद सदस्य डा. सियाराम कुशवाहाले पहिलेको निर्वाचनमा नरेन्द्र साह पराजित भए पनि जनताका लागि काम गर्न नछोडेको बताए । ‘जुन काम पराजय भोगेर पनि उहाले गर्नु भयो त्यती त जित्नेले पनि गरेका छैनन् ।’ कुशवाहाले भने, ‘हामी उम्मेदवारहरु सुरुमा सेवकका रुपमा प्रस्तुत हुन्छौं । पछि शासकका रुपमा स्थापित हुन्छौं । त्यो बानी अब हटाउनु पर्छ ।’ बिहानदेखी साझसम्म घाम, पानी नभनि चुनावका लागि खटेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउनु पर्ने उनले बताए ।

    त्यसैगरी सर्लाही क्षेत्र नम्बर ३ प्रदेश क बाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका डिल्लीप्रसाद उप्रेतीले द्वन्द्वको राजनीति अन्त्य गर्न, संविधानलाई दुर्घटनाबाट जोगाउन गठबन्धन बनेको बताए । क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार नरेन्द्र साह योग्य व्यक्ति भएको उनले बताए । गठबन्धनका उम्मेदवारलाई जिताउन उनले अपिल गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार