सर्लाही क्षेत्र नम्बर ३ लाई देशकै नमुना क्षेत्र बनाउँछु : पूर्व सांसद साह


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, कार्तिक ४, २०७९

  • सर्लाही, ४ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ का साझा उम्मेदवार नरेन्द्र साहले आफू माओवादी केन्द्रमा नवप्रवेशी नभएको बताएका छन् । गठबन्धनका तर्फबाट माओवादी केन्द्रले उम्मेदवार बनाएपछि केहीले नवप्रवेशी भनिएकोमा उनले टिप्पणि गरेका थिए ।

    समाजसेवी तथा सर्लाहीमा लोकप्रिय नेताको छवि बनाएका पूर्व सांसद साह २०७४ को चुनावमा गुलाब चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । ‘म २०५३ सालदेखी नै माओवादीमा समर्पित भएर लागेको हो ।’ सर्लाहीको हरिवन नगरपालिकास्थित नेकपा माओवादी केन्द्र ७ नम्वर वडा भेलालाई सम्बोधन गर्दै साहले भने कसैले मलाई भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेको हो भन्नु भएको छ । ‘तर, मेरो राजनीतिक इतिहास लामो छ ।’ सर्लाहीबाट धेरै नेता जन्मिए पनि यहाँ विकास नभएको उनले टिप्पणि गरे ।

    समाजसेवी तथा पूर्व सांसद साहले आउने मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभाको चुनावमा आफूले जितेर गएपछि सर्लाही क्षेत्र नम्बर ३ लाई देशकै नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘पहिले हामी घुम्न काठमाडौँ, पोखरा जान्थ्यौं ।’ साहले भने ‘अब हामी अन्य ठाउबाट सर्लाही घुम्न आउँने बनाउँछौं ।’ आफूलाई भारी मतले जिताउन साहले जनतासँग अपिल गरे ।

    यस्तै नेकपा माओवादी केन्द्र ७ नम्बर वडा कमिटि भेलामा बोल्दै पद्मा मोक्तानले लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ का साझा उम्मेदवार नरेन्द्र साहको प्रशंसा गरिन् । उहाँले दुर्गम क्षेत्रमा खानेपानीको सुविधा प्रदान गर्न ठूलो योगदान दिनु भएको छ । ‘उहाँ विकासप्रेमी नेता हो । हामीले खोजे जस्तो, रोजे जस्तो इमानदार नेता हो ।’ मोक्तानले सम्बोधनका क्रममा भनिन्, ‘अरु नेताहरु जस्तो कमाउ धन्दामा लाग्ने नेता होईन ।’ सर्लाहीस्थित नेकपा माओवादी केन्द्र ७ नम्वर वडा कमिटि, हरिवलने कार्यक्रमको आयोजना गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार