म जनतालाई झुटो आश्वासन बाँड्दिन : पूर्व सांसद साह


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक ५, २०७९

  • सर्लाही, ५ कात्तिक । सर्लाही क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार नरेन्द्र साहले जनतालाई झुटो आश्वासन नबाँड्ने बताएका छन् । नेकपा माओवादी केन्द्र सर्लाही, बरहथवा ५ नम्बर वडा भेलामा आयोजित अन्तरक्रियामा भाग लिदै साहले यसो बताएका हुन् ।
    बरहथवास्थित वडा नम्बर ५ मा स्थानीयबासीसँग पूर्व सांसद तथा मंसिर ४ मा हुने प्रतिनिधीसभाको चुनावका उम्मेदवार साहले छलफल तथा अन्र्तक्रिया गरेका थिए । नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य तथा स्थानीयबासि लक्ष्मी महतोले सोधे, ‘भोट हालेर जिताएपछि नेताहरुले फोन नउठाउने, फर्केर गएपछि हामीलाई नचिन्ने प्रबृत्ति छ । कतै तपाईंले पनि त्यसै गर्नुहुन्छ कि ?’ जवाफमा नेता साहले आफूले त्यसो नगर्ने बताए । ‘फोन उठाउँछु । उठाउन भ्याएन भने म कल ब्याक गर्छु । यस क्षेत्रको विकासका लागि केही गर्ने प्रयास गर्छु ।’

    बरहथवास्थित ५ नम्बर वडा भेलामा स्थानीयबासीले सर्लाही ३ बाट प्रतिनिधीसभा चुनावका उम्मेदवार साहसँग आफ्ना गुनासा र अपेक्षा राखेका थिए । स्थानियबासी रामेश्वर साहले जितेर गएका नेताहरु फर्केर नआएको गुनासो गरे । ‘५ वर्ष काम हुनुपर्‍यो । अरु नेताले विकास गरेनन् ।’ प्रतिउत्तरमा नेता साहले भने, मैले हरेक व्यक्तिका लागि केही गर्न नसकौंला । तर, समाजका लागि केही गर्छु ।’

    समाजसेवी तथा पूर्व सांसद समेत रहेका नरेन्द्र साहले आफू चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रमा फर्किने कुरामा आश्वस्त पारे । ‘मेरो हिंड्ने बाटो यहि हो । तपाईंहरुकहाँ आइन भने बाटोमा बास लगाएर रोक्नु होला ।’ साहले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार