माओवादी छापामारदेखी प्रतिनिधि सभा सदस्यको उम्मेदवारीसम्म, को हुन् विश्व किर्तिमानी रक्ष कुमार राई ?


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक २३, २०७९

  • रक्ष कुमार राई ‘अभियान’ (Raksha Kumar Rai ‘Aviyan’) ले काठमाण्डौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका छन् । भ्रष्टाचार र अत्याचारीलाई उन्मुलन गर्न, पुराना अनुहारलाई बिस्थापित गरि नयाा अनुहारको माध्यमबाट देशको नया मुहार फेर्न आफूले उम्मेदवारी दिएको उनी बताउछन् ।

    के–के नया योजना र एजेण्डाहरु छन् उनीसँग ?
    युवा जोस र जाागर सहितको समग्र जनताका अधुरा र अपुरा सबै समस्याको समधान गर्न सक्ने बिकल्प सहितको शिक्षा, स्वास्थ्य र रोजगारमा पहल गरी तीव्र रुपमा परिवर्तन ल्याउने अठोट छ । उनी निर्धक्क सुनाए ।

    काठमाण्डौँ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका रक्ष कुमार राई अभियानको पृष्ठभूमिबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

    पारिवारिक पृष्ठभूमि
    सक्षम, साहसी र देशमा युगान्तकारी परिवर्तन चाहने जोसिलो युवा रक्ष कुमार राईको जन्म भोजपुर जिल्लाको छिनामखुमा भएको हो । बुबा राम बहादुर राई र ममतामयी आमा चन्द्र देवी राईको कोखबाट कान्छो छोराको रुपमा २०४५ साल कार्तिक ९ गते भोजपुर जिल्लाको छिनामखु गा.बि.स. वडा नं ६ दोरसा गाउामा भएको हो । हाल उनले नेपालको राजधानी काठमाण्डौँलाई आफ्नो मुख्य कर्म थलो बनाई गोकर्णेश्वर नगरपालिकामा बस्दै आउनु भएको छ ।

    हुने बिरुवाको चिल्लो पात भनेझँै राई बाल्यकालमा निकै शाहसी, आाटिलो, जोशिलो र बिद्रोही स्वाभावका थिए । कुनै अप्ठ्यारा चुनौतीपूर्ण काममा उनले कहिल्यै पनि हिम्मत हार्दैनथे । शाहसी भएको कारण उनले आफू भन्दा ठूलाको कुटाई खान पनि पछि पर्दैनथे । निकै शाहसी भएका उहाँले ७ बर्षकै उमेरमा आफ्ना ममतामयी आमासाग पााच हजार मिटर भन्दा अग्लो सिलिचोङको चुचुरोमा समेत आफ्नो पाईला बिसाएर नयाा बाल कृतिमान कायम गरेका थिए ।

    रक्ष कुमार राइका आनिबानी
    निकै चकचके र फूर्तिलो स्वाभाव भएका उनको वाल्यकालको रुची भने अलि फरक नै थिए । उनले बिशेषगरी माछा मार्ने, वन तरुल खन्ने, मोजा तथा पुराना थाङ्नाको बल बनाएर खेल्ने, गुलेली चलाउने गर्दथे । एक दिन खेल्ने क्रममा घरको धुुरीमा बारुलाको गोलो देखेछ र त्यसलाई काडेरै छाड्ने निधो गरेछ । र त्यसलाई जलाउने क्रममा आफ्नै घरलाई खरानी बनाएको अझै उहाा स्मरण गर्नुहुन्छ । उहाा मध्यमवर्गीय परिवारमा जन्मेका हुन् । उमेर बढ्दै र बुझदै गएपछि भने लाहुरे बन्ने रुची राखेका थिए । तर, देशमा पैदा भएको अशान्ति र माओबादी जनयुद्धको कारण आखिर त्यो सपना अधुारै रह्यो । सेन्ट अफ परिक्षाको तयारी गर्दै गर्दा आफ्नो बिद्यार्थी जीवनकालमा नै अन्तत: २०५९ सालमा माओबादीले सुरु गरेको जनयुद्धमा होमिए ।

    स्कुल पढ्दा पढ्दै यसरी होमिए माओबादी जनयुद्धमा होमिए
    युद्धमा होमिएको केही समयमा नै सिराहाको बन्दीपूर आक्रमणमा हतियार चलाउन बाध्य भए । त्यो उहाँको पहिलो आक्रमण थियो । उहाँले सफलतापूर्वक साहस र बहादुरीका साथ हतियार चलाएर दुष्मनलाई पराष्त गर्न सफल भए । त्यसपछि फेरि लगत्तै भोजपूर जिल्लाको पााचधारे भन्ने ठााउमा दोस्रो आक्रमण भयो । जुन ठाउालाई अहिले दश ताराको नामले चिनिन्छि । फेरि लगातार तेस्रो आक्रमण भोजपुर जिल्लाकै गोरेटारमा भयो । त्यस क्रममा उहााका सहयोद्धा कमरेड जमिन आफ्नै आाखाको अगाडी ढलेर सहिद भएको देख्नु पर्‍यो । त्यस क्रममा दुष्मनले हानेको बमको छेर्का र गोली देब्रे घँुडामा लागेर आफू पनि ढल्न पुगे ।

    राईका सहयोद्धाहरुले मरे भनेर खाडल खनी पुर्न खोजेको उहाा अझै स्मरण गर्नुहुन्छ । केही समयको उपचार पछि फेरि जनयुद्धकै अन्तिम मोर्चाबन्दी युद्ध सुरु भयो । त्यस क्रममा सर्लाहीको मलुङ्वामा आक्रमण भयो । यस युद्धको आक्रमणमा फायर खुलेको पााच मिनेट पछि उहाँले नेपाली सेना र पुलिसको हतियार धमाधम खोस्न सुरु गर्नु भयो । लगातार पोष्टसम्म पुग्दा शाहसी बहादुरी देखाउदै उहााले सबैभन्दा धेरै १५ वटा हतियार खोस्नुभयो । यो अन्तिम युद्धसागै बिद्रोही माओबादी शान्ति सम्भmौतामा आएपछि पूर्णरुपमा युद्धबिराम भयो ।

    युद्धविरामपछि असन्तुस्टि जनाउँदै रक्ष कुमारको बिद्रोह
    युद्धविराम पछि सेना समायोजन हुने क्रममा केही असन्तुस्टि जनाउँदै रक्ष कुमार राईले बिद्रोह गरी पूर्ण रुपमा नेकपा माओबादी परित्याग गरि आफ्नो नयाा अभियानको गन्तब्यमा लाग्न सुरु गरे । जनयुद्धमा जानुभन्दा अगाडी उहााले श्री सापटेन प्रा.वि.बाट आफ्नो शैक्षिक यात्रा सुरु गरेका हुन् । त्यस बिद्यालयमा कक्षा पााच सम्मको अध्ययन पुरा गरि उनी फेरि श्री त्रिभुवन धर्मदय माध्यमिक बिद्यालय छिनामखुमा भर्ना भए । त्यस विद्यालयमा तत्कालिन एसएलसीको तयारी गर्दै गर्दा उनी जनयुद्धमा होमिएका हुन् । जनयुद्धको बिश्र्राम पछि फेरि ज्ञानोदय माध्यामिक बिद्यालय धरान सुनसरीमा कक्षा १० मा भर्ना गरि आफ्ना अधुारा सपनालाई पुरा गरि एसएलसी उत्तिर्ण गर्न सफल भए ।

    अध्ययनलाई निरन्तरता
    त्यो बेलादेखि राई निरन्तरुपमा आफ्नो शैक्षिक यात्रामा मुठी कसेर लागी परे । जसको परिणाम स्वरुप श्री निकेतन उच्च माबिबाट कक्षा १२ पनि उत्तीर्ण गर्न सफल भए । धरानको शिक्षा निकेतन कलेजमा म्यानेजमेन्ट अध्ययन गर्दा सेक्सन टप्पर भएर स्कलर शिपमा पढ्ने मौका समेत उहाँले हाशिल गरेका छन् । धरानमा १२ कक्षा पढ्दादेखि नै उहाँले आग्रजी भाषा र कराातेलाई पनि भर्ना गरि सासगै अगाडी बढाउदै लगेका थिए । कक्षा १२ उर्तीण गरे लगत्तै उनमा शिक्षाको मोह बढ्दै गयो र उच्च शिक्षा हाशिल गर्नका निम्ति राजधानी काठमाण्डौं होमिए ।

    त्यस क्रममा राईले काठमाण्डौँ सिफलको ब्रिलियन्ट मल्टिपल बहुमुखी क्याम्पसमा बिबिएस भर्ना गरि अध्ययन गर्न थाले । अध्यनको क्रममा आर्थिक अभावका कारण तरकारी पसलसम्म पनि गर्नु परेको थियो । कालिमाटिबाट साइलकलमा तरकारी बोकेर ल्याउँदा आफू चढेको पुरानो साइकलको अगाडिको चक्का निस्किएर कारमा ठोकिएपछि तरकारी बेच्न छाडेको उहाको भनाई छ । जसोतसो मिहेनत र आाट साहश लिएर त्यही क्याम्पसबाट उहा आफ्नो डिप्लोमा तह सम्मको उच्च शिक्षा हाशिल गर्न सफल भए । त्यही अध्यनकै क्रममा उनी आकस्मिक चर्को बिरामी समेत भएका थिए । के एम सी हस्पिटलको आकस्मिक कक्षमा भर्ना भएका उनलाई मर्‍यो भनेर आफन्तलाई समेत अस्पतालले खबर गरेको थियो ।

    अंग्रेजी भाषा पनि पढाए

    world recorder- rakshya kumar rai- photo by pradeep kumar shrestha

    तर, सौभाग्यले राई जीवित भए पछि अस्पताल प्रशासन नै चकित भयो । धरानबाट आफ्नो उच्च शिक्षाको खोजीमा काठमाण्डौं आउने बेलादेखि नै उहाा राजनीतिमा भने आबद्ध रहेका थिए । बिद्यार्थी जीवनकालदेखि नै केही राजनीतिक छाप बोकेका कारण स्नातक तहको तेस्रो परिक्षा सकिए लगतै आफ्नो गाउामा केही गरेर देखाउछु भन्ने उद्देश्य जागेर फेरि गाउा फर्किए । त्यस क्रममा करााते र अंग्रेजी भाषा विभिन्न बिद्यालयहरुमा सिकाउन थाले । लगभग प्रशिक्षण गरेको एक बर्षपछि अब गााउमा मात्रै गरेर केही हुादैन रहेछ भन्ने लाग्यो र फेरि आफ्नै भोजपुर जिल्लाको सदरमुकामसम्मको यात्रा तयार गरे । जहाा जेभिएर वल्र्ड एजुकेशनल कन्सल्टेन्सी काठमाण्डौं बागबजारको शाखा कार्यालय खोलेर अंग्रेजी भाषामा फेरि पढाउने काम सुरु गरे ।

    त्यो सागै अध्ययनका लागि बिदेश जाने अवसर पनि पाए । त्यस पछि भोजपुर जिल्लाको करााते दोजो आफ्नो नाममा दर्ता गरि चेलाहरुलाई खेलाडी बनाइ क्षेत्रीय र राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागीता जनाउन लगाए । त्यससागै फेरि पुस्तक लेखन कार्यमा लागे । नजान्ने बिद्यार्थीहरुलाई पढाउदा पढाउँदै नोट लेखनको कार्यले पुस्तक लेखक बनाए । अन्तत: द न्यू एलिन ब्रिटिस इंलिज ल्याङ्वेज नामक पहिलो पुस्तक लेख्न सफल भए । पुस्तक लेखनसागै तत्कालै प्रकाशन गर्ने निर्णयमा पुगे । तर, पुस्तक प्रकाशनको क्रममा खर्च अपुग भएपछि नेपालको विभिन्न हस्पिटलदेखि भारतको पटनास्थित गान्धि अस्पतालसम्म आफ्नो किड्नी बेच्न पुगे । आफ्नो किड्नी बेच्न अनुरोध गर्ने क्रममा डाक्टरले असल सुझाब र परामर्श दिएपछि फेरि केही गर्ने नयाा आाट र साहश लिएर नेपाल फर्किए ।

    साथीभाईहरुको आर्थिक सहयोगमा किताब प्रकाशन
    त्यसपछि आफन्त र साथीभाईहरुको सहयोगमा आर्थिक संकलन गरेर आफ्नो पहिलो पुस्तक प्रकाशन पनि गरेर नै छाडे । अनेक चुनौती र समस्यालाई पनि पन्छाउँदै त्यस बेलादेखिको निरन्तर अथक प्रयासले हालसम्म आईपुग्दा तीन वटा पुस्तकहरु प्रकाशनमा ल्याउन सफल भए । प्रकाशन भएका उहााका कृतिहरुमा न्यू एलियन ब्रिटिस ईङ्लीस ल्याङ्वेज, एलियन एड्भान्स ईङ्लीस ग्रामर, एलियन ईङ्लीस ग्रामर आदी हुन् । प्रकाशनपछि आफ्नै पुस्तकको माध्यमबाट अंग्रेजी भाषा आफ्नै जिल्लामा रहेको पहिलेको कार्यालयमा सिकाउन थाले । शहरदेखि गााउ, गाउादेखि जिल्लासम्मको यात्रा गर्दा पनि अझै आफ्नो सपना पुरा भएको उहाामा महशुष भएन । जिल्लाको लागी मात्र गर्दा र सोच्दा केही पनि हुादैन रहेछ भन्ने लागेर पृथक सोचका साथ सिंगो देशको लागी नै केही गर्ने फेरि सुन्दर सपना बुन्न थाले ।

    यसरी सूरु भयो विश्व किर्तिमानी यात्रा
    त्यही सपना बोकेर नयाा जोस जागर सहित जिल्लाबाट फेरि राजधानी काठमाण्डौं होमिए । काठमाण्डौं आई सकेपछि आफ्नो सपनालाई साकार पार्न विश्व किर्तिमान नयाा यात्रा तयार गर्न थाले । त्यस क्रममा पहिलो बिश्व रेकर्ड संसारकै सबै भन्दा लामो दुरी निरन्तर खाली पेटमा स्कुटर कुदाएर राख्छु भन्ने नयाा योजना बनाउन थाले । यो अभियानलाई सफल बनाउनका लागी देश बिदेशमा रहेका सम्पूर्ण नेपालीहरुसाग सहयोग समेत अपिल गर्नु थाले । उहाको अभियानलाई धेरैले मन पराएर सहयोग गर्दै जाँदा कोही कसैले भने मुर्ख, पागलको संज्ञा समेत दिन भ्याए ।

    तर, बिहानीले दिनको संकेत गर्छ भनेझैँ एक दिन मिहिनेतले अवश्य सफलता ढिलाउछ भन्ने सपना देखेका उहाालाई कसैको नकारात्मक कुराले कुनै प्रभाव पारेन । जो मुर्ख, शाहसी पालग र विद्धान छ, उसैले विश्व कृतिमान कायम गर्न सक्छ भन्ने विश्वास उहाामा जाग्न थाल्यो । कसैको कुराको प्रवाह नै नगरी पागल मुर्ख बनेर निरन्तर आफ्नो लक्ष्य प्राप्तिको लागि डटेर लागिरहे । अन्तत: ‘द लङ्गेष्ट जर्नी अफ स्कुटर राईडर’ को पहिलो उपाधी हासिल गर्न सफल भए ।

    काठमाण्डौंबाट सुरु गरेर सोलुखुम्बु देखि पूर्व–मेचीदेखि पश्चिम महाकाली हुादै पून काठमाण्डौँसम्म आईपुग्दा उनले २७४३.७ कि.मी. दुरी ३ तीन दिन ३ रात ७२ घण्टामा खाली पेटमा पार गरेर पहिलो बिश्व कृतिमान कायम गर्न सफल भएका थिए । विश्व कृतिमान कायम गर्दै पहिलो रेकर्ड राख्न सफल भएसागै फेरि दोस्रो रेकर्डको तयारीमा लागे । स्पेनी नगरिक कृष्टीनो रोवर्डको रेकर्ड ‘द मस्ट हिटस् अफ टेनिस बल विथ टेनिस रयाकेट ह्याण्डल इन् वान मिनेट १९८ स्क्रोर’ लाई ब्रेक गरि २१८ स्क्रोर कायम गरि दोस्रो गिनिज बुक अफ वल्ड रेकर्ड पनि फेरि कायम गर्न सफल भए ।

    यसरी एक सफलताबाट अर्को सफलता हासिल गर्दै दुई बिधामा ४ विश्व किर्तिमानहरु कायम गरी सकेका छन् । उहााले कायम गरेका ती चार वटा वल्ड रेकर्डहरु गिनिज वल्ड रेकर्ड, च्याम्पियन्स बुक अफ वल्ड रेकर्ड, ओ एम जी बुक अफ वल्ड रेकर्ड र किङ्स बुक अफ वल्ड रेकर्ड, आदी हुन् । यसका साथै अरु थुप्रै विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरुबाट पनि उनी सम्मानित भएका छन् । बहुमुखी प्रतिभाको धनी रक्ष कुमार राईले खेलकुद क्षेत्रमा पनि राम्रो सफलता हात पारेका छन् ।

    राईले सितोरियो कराातेमा बल्याक बेल्ट चौथो दान हासिल गरी सकेका छन् । यसका साथै निरन्तर प्रयास पछि फेरि अन्तराष्ट्रिय एसियन च्याम्पेनसीप इन्डोनेशियाको जकटामा भएको खेलमा पनि रेफ्रि र प्रशिक्षकको महत्वपूर्ण भूमिका सफलता पूर्वक निर्वाह गरि सकेका छन् । यसरी आफूले देखेका अनेक सपनाहरु पुरा गर्दै गएपछि समाजसेवासागै फेरि उनी राजनीतिमा समेत होमिए । राजनीतिक जीवनको क्रममा अनेक जेलजीवन समेत झेल्नु परेको थियो । जेल जीवनबाट मुक्त भएपछि जनमुक्ति सेना पार्टी नेपालको केन्द्रीय महासचिवको पद सम्हालेका थिए ।
    यस क्रममा जन्मुक्ति सेनाको नेतृत्व गर्दै काठमाडौँ लगायतका बिभिन्न जिल्लाहरुमा आन्दोलन समेत गरेका थिए ।

    यही समयमा युवाहरुले गरेको ऐतिहासिक गोबर आन्दोलनको नेतृत्व पनि उनले नै सम्हालेका थिए । जुन आन्दोलनको प्रभावले सरकारको नेतृत्व गरि रहेका प्रचण्ड, केपि ओली लगायत शेर बहादुर देउवा समेत झस्किएका थिए । उनीहरुले सार्वजनिक रुपमा नै युवाहरुले देश कब्जा गर्न लागेको भन्दै आफूहरु तत्काल सच्चिनु पर्ने तर्क समेत राखेका थिए । भारतीय सरकारले सीमा मिचेको बिषयमा (लिम्पियाधुरा, कालापानी सुष्टि र लिपुलेक हाम्रो हो भनि चर्को आवाज उठाउने पनि उनी नै हुन् । यी नै शाहसी रक्ष कुमार राईले अब युवाले देश बनाउनु पर्छ भनेर फेरि अहिले राष्ट्र निर्माणको सपना बोकेका छन् ।

    कोरोनामा राहत बितरण
    विश्वव्यापी कोरोना महामारीको समयमा देशका बिभिन्न जिल्लामा गएर राहत बितरण गरी जनताको विश्वास जितिसकेका छन् । उनले अहिले काठमाण्डौँ निर्वाचन क्षेत्र नं ३ बाट तिन ढुंङ्गे अगेना (तीन चुला) चुनाव चिन्ह लिएर प्रतिनिधिसभाको उम्मेदवारको रुपमा उम्मेदवारी दिएका छन् ।

    नोटले भोट किन्नेहरुको चर्को बिरोध गर्ने रक्ष कुमार राईले शिक्षा नीतिबाट देश परिवर्तन गर्न सकिन्छ भन्ने हेतुले समृद्ध राष्ट्रको चमत्कारिक सिद्धान्त आफैले प्रतिपादन गरी देशलाई बनाउन सकिन्छ भन्ने मूल एजेण्डा बनाई काठमाण्डौं निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिनुभएको हो । धेरै बोलेर झुटो आश्वासन देखाउनु भन्दा पनि थोरै बोलेर काम गरेर देखाउने रक्ष कुमार राईले आफ्नो मूल एजेण्डाको नारा बनाएका छन् ।

    यो एजेण्डा मंसिर ४ गते सम्मको सीमित नारा मात्र नभएर निर्वाचनपछि पनि पूर्ण रुपमा आफ्नो प्रतिबद्धता र जिम्मेवारीलाई बहन गर्दै जनताको सेवामा आफ्नो सिंगो जीवन समर्पित गर्ने बाचा समेत उहााले गर्नु भएको छ । चुनाव सकिने बित्तिकै एकै दिन फेरि नयाा थप दुई विश्व कर्तिमान कायम गर्ने तयारी गरि सकेका छन् । यस विषयमा गिनिज बुक्स वल्र्ड रेकर्डस्को सम्बन्धित विभागबाट परामर्श गाइडलाइन समेत लिइसकेका छन् । यो दुईवटा विश्व किर्तिमान पनि कायम गर्न सफल भएको खण्डमा ६ वटा रेकर्डस् कायम गरेर विश्वमा सबैभन्दा धेरै नाम कमाउने किर्तिमानी पनि उनी नै हुनेछन् ।

    धरान शिक्षा निकेतन कलेजमा म्यानेजमेन्ट अध्ययन गर्दा सेक्सन टपर भएर स्कलरसिपमा कलेजले उनलाई पढ्न दिएको थियो । काठमाडौंमा बिविए अध्यनरत छँदा शिक्षकलाई नटेर्ने विद्यार्थीहरु तह लगाएर शिक्षकलाई अध्ययन, अध्यापन गराउन सहज वातावरण सिर्जना गरेका थिए । अहिले टाइम बमसम्म बनाउने ज्ञान भएको उनी बताउँछन् । राई ओएमजि बुक अफ वल्र्ड रेकर्डस्को ब्रान्ड एम्बास्डर अर्थात् सदभावना दुत पनि हुन् । विश्व मार्सल आर्टको राजा ब्रुसलिबाट प्रभावित भै दुइ वटा नन्चक (नाइन्स्टिक) सजिलैसँग चलाउन सक्ने र टाइम बम समेत बनाउन सक्ने ज्ञान भएको व्यक्ति हुन् ।

    हामी आशा गरौं सारा बिश्वलाई नै नेपालीहरुको शान र मान ईतिहासको सुन्दर पानामा उनले लेख्न सकुन् । उनको सफल प्रयासले कमाएको हरेक अमर किर्तिमानलाई स्वर्ण अक्षरले लेखिने कुरामा हामी सधँै गौरब गर्दछौं । जय देश ! जय राष्ट्र ! जय नेपाल !

    प्रतिक्रिया
    सम्बन्धित समाचार