 
                            सर्लाही । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व गृह मन्त्री बिमलेन्द्र निधीले मधेसमा नागरिकताबाट बञ्चित ठूलो संख्या बिभिन्न अवसरहरुबाट बञ्चित रहेका बताएका छन् । नागरिकताबाट बञ्चित मधेसी समुदाय बिभिन्न अवसरहरुबाट बञ्चित रहेको उनले बताए ।
सर्लाहीको बरहथवामा आयोजित लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता निधीले थारु, मुसलमान, दलित, महिला, मजदुरका लागि काम गर्न गठबन्धन प्रतिबद्ध भएको बताए । यस्तै पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता रामेश्वर राय यादवले नागरिकता बिधेयक रोकेकोमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको बिरोध गरे । आम नागरिकका हक, अधिकार रक्षाका लागि लोकतान्त्रिक बाम जरुरी भएको उनले बताए । यस्तै नेपाली कांग्रेसकी नेता चन्दा चौधरीले गणतन्त्र, संविधान बचाउँनका लागि गठबन्धन बनेको बताउँदै गठबन्धनको पूर्णता, सफलतामा जनताको विशेष भूमिका रहने बताईन् ।
सर्लाही क्षेत्र नम्बर ३ ‘ख’ बाट प्रदेश सभा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार हरेशप्रसाद महतोले आफू जनताको सुख, दु:खमा सधैँ साथ दिने बताए । ‘महिला, दलित, युवा रोजगारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’ महतोले भने, ‘अन्य क्षेत्रबाट यहाँ आएर चुनाव लड्ने व्यक्तिले विकास गर्दैनन् ।’ आफू झुपडीमा जन्मिएकाले गरिबहरुका लागि चुनाव लडेको नेता महतोले बताए ।
लोकतान्त्रिक बाम गठबन्धनबाट सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभाका लागि उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साहले यस क्षेत्रका विकास लागि गठबन्धनलाई जिताउनु पर्नेमा जोड दिए । उनले क्षेत्र नम्बर ३ भन्दा बाहिरबाट आउने उम्मेदवारले यहाँको विकासमा ध्यान नदिने टिप्पणी गरे । चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका नेता तथा लोकतान्त्रिक बाम गठबन्धनबाट प्रदेश सभा ‘क’ का उम्मेदवार डिल्लीप्रसाद उप्रेतीले ओली सरकारले दुई पटक गरेको संसद बिघटन र असंबैधानिक कदम चालेको आरोप लगाए । लोकतान्त्रिक बाम गठबन्धनको जितका लागि सबै जनता जाग्नु पर्ने बताए ।
सर्लाहीको बरहथवामा आयोजित लोकतान्त्रिक–बाम गठबन्धनको संयुक्त चुनावी सभामा नेपाली कांग्रेसका सभापति सुरेन्द्र प्रसाद सिंह, उप–सभापति बिनोद खनाल, पूर्व उप–सभापति नबिन अधिकारी, स्थानिय नेता बिगु चौधरी, कृष्णदेव यादब चिफ, कविलासि नगरपालिकाका मेयर ब्रहम देव राय लगायत अन्यले सम्बोधन गरेका थिए ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    