सर्लाहीमा सिंगो गाउ नेकपा माओबादी केन्द्रमा प्रबेश


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक ३०, २०७९

  • सर्लाही । सर्लाहीस्थित बाग्मति नगरपालिकाको सिंगो गाउ नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको छ । बुधबार बाग्मति नगरपालिकाको काजिराम टोल लगायत वडा नम्बर १२ को सिंगो गाउ नेकपा माओबादी केन्द्रमा प्रबेश गरेको छ ।

    बुधबार काजिराम टोलमा आयोजित विशेष कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका हुन् । नेकपा माओबादी केन्द्रका नेता एवं लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओबादी केन्द्रका नेता नरेन्द्र साहले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । यस्तै नेकपा माओवादी केन्द्रकी सदस्य माया वलले पार्टीमा स्वागत गरिन् ।

    नेता साहले ठूलो संख्यामा पार्टी प्रवेश गर्नेहरुको लहरले उत्साह छाएको बताए । ‘गाउगाउ र टोलहरुमा माओवादी केन्द्र प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।’ नेता साहले बताए । पछिल्लो समय सर्लाहीमा नेकपा माओबादी केन्द्रमा पार्टी प्रबेश गर्नेको लहर चलेको छ । वडा नम्बर १२ लामा, बोटे, कुश्वार, स्याङ्तान, घिसिङ, बम्जन लगायतका जनजातीहरुको बसोबास रहेको छ ।

    व्यक्तिवाद र मनपरीतन्त्र हावि भएकाले नेकपा एमालेमा छोडेर माओवादी केन्द्रमा प्रवेश गरेको एमालेका कार्यकर्ता तथा नेताहरुले प्रतिक्रिया दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार