माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिक भन्नुहुन्छ, नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थाप र प्रक्रियामा सुधार


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर ७, २०७९

  • मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि आउनुभएका माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद थोउफिकले नेपालमा विगतको तुलनामा निर्वाचन व्यवस्थापन र प्रक्रियामा सुधार देखिएको बताउनुभएको छ ।

    निर्वाचन अवलोकन र नेपालको भ्रमण सकेर आज स्वदेश फर्कनुअघि अध्यक्ष थोउफिकले आफू विसं २०७० को निर्वाचनमा पनि नेपालमा आएको अनुभन सुनाउँदै अहिलेको निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले मतदाताहरूलाई देखाएको सहभागिता र समन्वय उदाहरणीय रहेको बताउनुभयो । काठमाडौँ, ललितपुर र काभ्रेपलाञ्चोकका गरी आठ मतदानस्थलको अवलोकन गर्नुभएका उहाँले नेपालको निर्वाचन प्रणाली र व्यवस्थापनबारे पाइएका असल अभ्यास आफूले माल्दिभ्समा जानकारी गराउने राससलाई जनाउनुभयो ।

    विकासोन्मुख मुलुकहरूका लागि विद्युतीय मतदान प्रणालीमा जान मतदाताहरू तत्पर भइनसकेको पाइएको टिप्पणी गर्दै उहाँले हरेक निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन गरिरहनुभन्दा मतदानस्थलपिच्छे नै मतगणना गर्न सकिने विषयमा नेपालले सोच्नुपर्ने सुझाव दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार