विश्‍वको सबैभन्दा धनी बिरालो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ९, २०७५

  • काठमाडौं , फागुन ९ । काठमाडौँ –विश्‍व फेशन जगतमा कार्ल लेजरफील्ड निक्कै चर्चित मानिन्छन्। ८५ वर्षको उमेरमा उनको निधन पश्‍चात उनीसँगै रहेको बिलारो ‘शुपेत’को चर्चा चुलिएको छ।

    शुपेत लेजरफील्डले माया गरेर पालेको विरालो हो। उनको मृत्‍युपछि उनको सम्‍मपत्ति सबै अब बिरालोको नाममा हुने बताइएको छ। यदि यसो भएमा शुपेत संसारकै सबैभन्दा धनी विरालो बन्‍नेछिन्।

    शुपेत साधारण बिरालो नभइ एक फेशन आइकन हो। उसैको नामबाट इन्स्टाग्राममा एउटा पेज समेत बनाइएको छ जहाँ लाखौ फलोअर्सहरु छन्। उक्त पेजलाई हाल डिजिटल मार्केटिङ विज्ञ एशली ट्सक्यूडिन सम्हालिरहेका छन्।

    त्‍यतिमात्रै होइन शुपेतमाथि एउटा किताब समेत लेखिएको छ, जसको नाम हो ‘ शुपेत- द प्राइभेट लाइभ अफ अ हाइ-फ्लाइङ्ग फेशन क्‍याट’

    उक्त किताबमा शुपेतको एउटा चर्चित तस्बिर मोडेल लीामसँग बसेको देखाइएको छ।

    लेजरफिल्डको प्रेम आफ्नो बिरालोको लागि यति धेरै थियो की उसको रेखदेख गर्नको लागि दुई जना नोकर र एक जना बडीगार्ड नै राखिएबो थियो।

    लेजरफिल्डले शूपेतको प्रेमको लागि धेरै पटक भौतारिएकी थिइन्। उनले धेरै अन्तरवार्तामै भनेकी थिइन्, ‘अहिले जनावरसँग विवाह गर्ने कुनै प्रावधान छैन। यदि भएको भए म शुपेतसँग विवाह गर्थे।’

    उनी सधैं भन्‍ने गर्थिन्, ‘शुपेत र मबीच यति धेरै गहिरो सम्बन्ध छ की हामी आँखाबाटै सबै कुराकानी गर्छौ र बुझ्छौ।’

    तर अब लेजरफिल्डको मृत्‍युपछि शुपेतलाई ब्र्याड र उसको छोरा हडसनले हेरचाह गर्दै आएका छन्। ब्र्याड एक मोडेल हुन र उनले लेजरफिल्डलाई आफ्नो गडफादर मान्दथे।

    प्राय: विदेशीहरु आफ्‍नो मृत्‍युपछि सबै सम्पत्ति घरपालुवा जनावरको नामममा छाडेर जाने गर्दछन्। यदि कानुन अनुसार यस्तो हो भने शूपेतलाई लेजरफील्ड की सारा संपत्ति मिल्नेछ।

    शूपेतको हेरचाहको लागि कुनै ट्रस्ट वा व्‍यक्तिलाई दिएमा शुपेतलाई लेजरफील्डको २ सय मिलियन डलर सम्पत्ति मिल्‍नेछ। यदि यस्तो भएमा शूपेत संसारकै धनी बिरालो बन्‍नेछिन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार