डा नवराज केसीको ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, मंसिर २४, २०७९

  • काठमाडौं- बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको डा केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गरे । सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्पणी गरिन् ।

    लेखिका डोयनले आफूले बुझेको कर्णालीको यथार्थतालाई डा केसीले शब्द–चित्रद्वारा पस्केको विषय सबैसामु छर्लङ्ग भएको जनाए ।

    पुस्तकका लेखक डा केसीले पुस्तकमा कर्णालीका आमाले गुमनाम भएर सन्तानका लागि गरेको सङ्घर्ष, सामाजिक विभेदभित्र लुकेको अन्तर्यको लडाइँ र डोको बोक्नेहरूबाट सिकेको ‘जीवनवारिधि’का बारेमा लेखिएको बताए ।

    लेखिका आन्विका गिरीले पुस्तकमा लेखिएका कुराले जीवनभरि छाप लागेको प्रतिक्रिया दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार