बम बिस्फोटमा परेकी नर्सको अवस्था सुधारोन्मुख


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन ११, २०७५

  • काठमाडौं , फागुन ११। काठमाडौँ –नख्खुमा भएको बम बिस्फोटमा परि घाइते भएकी नर्स उरुषा मानन्धरको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

    मेडिसिटी अस्पतालमा कार्यरत २५ वर्षकी नर्स उरुषा शुक्रबार बेलुका ड्युटी सकेर घर फर्कने बेला बम बिस्फोटमा परेकी थिइन् । बायाँ गोडामा चोट लागेको उनको निधन भएको भनेर कतिपय सञ्चार माध्यममा आएको खबरप्रति डाक्टरले गम्भीर चासो व्यक्त गरेका छन् ।

    उपचारमा संलग्न डा। निभा चित्रकारले उरुषाको दुई पटक शल्यक्रिया भएको र उनको अवस्था खतरामुक्त रहेको देश सञ्चारलाई जानकारी दिए।

    उरुषाको बायाँ गोडाको हड्डी धेरै ठाउँमा भाँच्चिएको छ । अझै केही पटक शल्यक्रिया गर्नु पर्ने डा। नीभाले जानकारी दिए । यस्तै अर्की घाइते २६ वर्षकी प्रतीक्षा खड्काको पनि उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार