काठमाडौँको मुटुमा रहेको जुकोट दरवारले मनायो दोस्रो वार्षिकोत्सव


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस १८, २०७९

  • काठमाडौँ, १८ पुष । अंग्रेजी नयाँ वर्षको अवसरमा काठमाडौँको मुटुमा रहेको जुकोट दरवारले विशेष सांगितिक कार्यक्रमको आयोजना गरेको छ । चर्चित वाल गायक सुप्रिम मल्ल ठकुरी तथा चर्चित सञ्चारकर्मी ऋषि धमलाको उपस्थिीतिमा जुकोट दरबारले अंग्रेजी नयाँ वर्ष २०२३ सँगै आफ्नो दोस्रो वार्षिकोत्सव उत्सव मनाएको छ । यस अवसरमा बिभिन्न कलाकार, सञ्चारकर्मी, व्यवसायी तथा सर्वसाधारणको व्यापक उपस्थिीति रहेको थियो ।

    चर्चित वाल गायक सुप्रिम मल्लले सुमधुर सांगितिक कोसेली पस्किएर दर्शकहरुलाई मनोरन्जन प्रदान गरेका थिए । सुमधुर स्वरका धनी गायक सुप्रिम मल्लले दर्शकहरुबाट वान्स मोर पाएर मन जितेका थिए । दोस्रो वाषिकोत्सव कार्यक्रममा चर्चित सञ्चारकर्मी धमलाले जुकोट दरवारलाई सफलताको शुभकामना दिए । मीठा खानेकुराका परिकार पस्किएर उपभोक्ताको मन जितेको उनले प्रतिक्रिया दिएका थिए ।

    राजा महेन्द्रको सालिकबाट दक्षिणतिर ५० मिटरको दुरीमा अवस्थित जुकोट दरवारमा फापरको झानेको मःम, फापरको पिज्जा, मार्सी थकाली, पनीर पकौडा ग्राहकले सबैभन्दा मन पराएका यहाँका परिकारहरू हुन् । यहाँको स्पेशल फेमिली डिनरभित्र पर्छन् । यहाँ कपल क्यान्डल डिनर आफ्नो विशेष दिनमा बुक गरेर मनाउन सकिन्छ ।

    जुकोट दरवारमा २० वटा गाडी, ३५ वटा मोटरसाइकल तथा स्कुटर अटाउन मिल्ने पार्किङको सुविधा पनि छ । यहाँ ख्याति प्राप्त राष्ट्रिय कलाकार, वरिष्ठ वकील, राजनीतिकर्मी, विद्यार्थीदेखि शिक्षकहरूको मिटिङ गर्ने थलोका रुपमा परिचित छ । दुई वर्षमै उपभोक्ताहरुको मन जित्न जमघट गर्ने थलो भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार