फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

डिपिएलको उपाधि अत्तरियालाई


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन ११, २०७५

  • काठमाडौं , फागुन ११। काठमाडौँ –सिवाईसी अत्तरीयाले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ। दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले आज शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि चुमेको हो।

    धनगढीको फाप्ला क्रिकेट मैदानमा आफ्ना विदेशी खेलाडी सन्नी पट्ठेलको उत्कृष्ठ प्रदर्शनसँगै अत्तरियाले १ सय २४ रनको विजयी लक्ष्य १ बल बाँकी छँदा ७ विकेट खर्चेर पार गर्यो। पट्ठेल टिमका लागि सर्वाधिक ४७ रन बनाउँदै अविजित रहेयस्तैगरी जयकिशन कोल्सावालाले ३० रन जोडे।

    त्यसअघि टस जितेर पहिलो ब्याटिङ्ग गरेको शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडले पुरा ओभर खेल्दै १ सय २३ रनको स्कोर बनाउन सक्यो । महेन्द्रनगरका लागि दिलीप नाथले सर्वाधिक ४३ रनको योगदान गरे।

    यस्तैगरी कुशल मल्ल २५, रोहीत पौडेलले २४ रन जोडे। अत्तरियाका कप्तान दिपेन्द्रसिं ऐरी र दिपेन्द्र रावतले दुईदुई विकेट लिए । सिवाईसी अत्तरीया पहिलो पटक डिपीयल क्रिकेटको फाईनलमा पुगेको थियो । जितसँगै सिवाईसी अत्तरीयाले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट