रास्वपाले इन्दिरा रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, माघ ६, २०७९

  • काठमाडौं, ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    यसअघि सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भईसकेको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद सोविता गौतमले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनिएको र ३३ वर्षे अनुभवका कारण इन्दिरा रानामगरलाई उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताइन् । ‘पार्टीले सर्वसम्मत रुपमा निर्णय गरेको हो ।’ गौतमले भनिन् ।

    सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार