भारत र पाकिस्तान युद्द : ३०० जना आतंककारी मारिए


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १४, २०७५

  • काठमाडौं , फागुन १४। काठमाडौँ – भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिए । उनले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान फर्किएको पनि बताए ।

    उनले ट्वीटमा भनेका छन्, “भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे। पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले।” “भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाए जुन बालाकोटनजिकै खसे। त्यसबाट कुनै हानि या कोही हताहत भएको छैन।” तर भारतीय मिडिया दैनिक भास्करले भने ३०० जना आतंककारी मारेको समाचार अनलाइनमा छापेको छ

    भारतीय वायुसेनाका सूत्रले बीबीसी हिन्दीसँग भारतीय वायुसेनाका विमानहरू नियन्त्रणरेखापारि गएका र केही स्थानमा आक्रमण भएको स्वीकारेका छन्। वायुसेना अधिकारीहरूका अनुसार सो कारबाहीका लागि मङ्गलवार बिहान तडके अम्बालाबाट केही मिराज विमानहरू उडेका थिए।

    तर अन्तर्राष्ट्रिय सीमा उल्लङ्घन नगरी लक्ष्यित स्थानमा बम खसालिएको उनीहरूको दाबी छ। भारत र पाकिस्तानबीच कश्मीरको पुलवामामा भएको आक्रमणपछि तनावको स्थिति रहेका बेला पाकिस्तानको यस्तो दाबी सार्वजनिक भएको छ। फेब्रुअरी १४ का दिन भएको आक्रमण पाकिस्तानले गराएको आरोप भारतीय पक्षले लगाएको छ र उसलाई अलग्याइदिने चेतावनी दिएको छ।

    सो घटनामा ४६ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रमणकारी तथा षड्यन्त्रकारीहरूले महँगो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए। पाकिस्तानले भने आक्रमणमा आफ्नो भूमिका रहेको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

    पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो देशमाथि आक्रमण भए प्रतिकार गर्ने बताएका थिए। वार्ताबाट मात्र कश्मीरको विवाद समाधान गर्न सकिने तर भारतले सैन्य कारबाही गरे आफूले प्रत्युत्तर दिने उनले बताएका थिए। कश्मीर विवादकै कारण दुई देशबीच सन् १९४७ र १९६५ दुईचोटि युद्ध भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार