चौथो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न (अवार्ड र सम्मान पाउनेको पूर्ण नामावली)


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ ९, २०७९

  • सूर्यबिनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिका वडा नं ४ को सहकार्यमा चौथो एपिक नेपाल म्युजिक अवार्ड – २०७९ सम्पन्न भएको छ । अवार्ड समारोहमा ३९ बिधामा अवार्ड प्रदान गरियो । साथै केहि ब्यक्तिहरुलाई सम्मान प्रदान गरियो ।

    भक्तपुरको मध्यपुर थिमी नगरपालिकास्थित दुई पोखरीमा सम्पन्न अवार्ड समारोहमा अभिनेता राजेश हमाललाई पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘महानायक’ सम्मान प्रदान गरे । कार्यक्रमका प्रमुख अतिथि ओलीले हमाललाई नगद रु. १ लाख १ हजार १ सय ११ सहित उक्त सम्मान प्रदान गरेका हुन् ।

    यस्तै बरिस्ठ चलचित्र पत्रकार प्रकाश सुवेदी लाई नगद रु २५ हजार सहित चलचित्र पत्रकार सम्मान प्रदान गरे । साथै युवा पत्रकार गोपिकृष्ण चापागाईंलाई नगद रु. १० हजार राशि सहित युवा पत्रकार सम्मान प्रदान गरियो । समय समयमा विवादमा आउने गरेको ‘महानायक’ पदवीको सम्मान लिन नेवाः साँस्कृतिक भेषभुषामा सजिएर पत्नी मधु भट्टराईका साथ हमाल कार्यक्रममा पुगेका थिए । कार्यक्रममा ओली पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु वसुन्धरा भुसाल र गौरी मल्ल लगायतको उपस्थिति थियो ।

    उक्त अवसरमा गायिका तीर्थकुमारी थापा लाई बरिष्ठ गायिका सम्मान र गायक रत्न बेहोसीलाई बरिष्ठ कलाकार सम्मान, समाजसेवि कृष्ण बहादुर होनालाई समाजसेवी सम्मान, नेवा सम्मान हास्यकलाकार सबिन शाख्य लाइ प्रदान गरिएको थियो । ब्युटि प्रीजेन्ट कोरिग्राफर सम्मान अश्विणी कान्त झा साथै एपिक रत्न सम्मान नगद ३३ हजार ३ सय ३३ सहित गायिका पुर्णिामा लामालाई प्रदान गरियो भने अन्यलाई ओलीको उपस्थितिमा सम्मान प्रदान गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार